राष्ट्रिय वाणिज्य बैंकको कृषि ऋण सस्तो छः विभागीय प्रमुख गौतम


काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले ग्राहकको मन जित्दै आएको छ । त्यसमाथि सरकारी स्वामित्वको बैंक भएकाले सबैको विश्वास जित्न सकेको हो । जहाँ भरोसा हुन्छ त्यसप्रतिको विश्वास बढ्छ ।

नेपालमा करिब ७० प्रतिशत औपचारिक/अनौपचारिक रुपले पूर्णकालीन, अल्पकालीन वा सिजनलका कृषक छन् । बैंकले सानादेखि ठूला किसानलाई ऋण उपलब्ध गराउँदै आएको छ ।
त्यसले साना किसानलाई त फाइदा पुगेको छ नै कृषिका ठूलालाई परियोजनालाई राम्रो फाइदा गर्ने गरेको बैंकको जिकिर छ । ऋण लिन सहजसमेत छ । यही सेरोफेरोमा आधारित रहेर हामीले बैंकका कृषि तथा सामाजिक बैंकिङ विभाग प्रमुख अच्युत गौतमसँग कुराकानी गरेका छौँ ।
























