दानव नदीको कालिका घाटमा निर्माणधिन पुल अलपत्र
श्यामलाल पोखरेल
बुटवल,माघ १८। रुपन्देहीको मायांदेवी र सियारी गाउंपालिकाको सीमानामा पर्ने कालिका घाटमा निर्माणधिन पुल अलपत्र परेको छ। लुम्बिनीलाई जोड्ने गरी वाइपास सडक सञ्जालको रुपमा दानव नदीमा बनाउन लागिएको पुल अहिले अलपत्र बनेको हो।२०७२ सालमा ठेक्का सम्झौता भएको पुलको काम बिचैमा रोकिएको छ ।२०७४ मा सम्पन्न गर्नेगरी ठेकेदार कम्पनी निलगिरी कन्ट्रक्सन काठमण्डौसंंग ७ करोडमा २०७२ मा सम्झौता भएको सियारी गाउंपालिकाका वडा सदस्य कृष्ण देवकोटाले जानकारी गराए।। वडा सदस्य देवकोटाका अनुसार निकै तामझाका साथ वर्तमान गृहमन्त्री तथा कांगे्रस नेता वालृष्ण खांणले २०७२ मा शिलन्यास गरेका थिए। मायांदेवी २ र सियारी गाउंपालिका ४ को धनसरास्थित कालिका घाटमा बन्दै गरेको पुलको पिल्लर उठाएर छोडिएको छ। जसका कारण बनाईएको उक्त पुलका विमहरु जीर्ण बनेका छन्। पिल्लर बनाउन प्रयोग गरिएका छडमा खिया लागि सकेको छ,नदीले कटान गरो कारण पिल्लरहरु कमजोर भैसकेको स्थानीय बसन्त भुसालले बताए।
समयमा पुल नबन्दा एक गाउंबाट अर्को गाउंमा जान समय लाग्ने र वर्षातको समयमा खेतीपाती स्याहार्न समस्या भएको स्थानीय सन्जय मल्लले बताए। पुल निर्माणको काम शुरुभएपछि सडक सञ्जालमा जोडिने आशा गरेका स्थानीय अहिले पुल नबन्दा निराश बनेका छन् । आधा जस्तो काम भएको बेला खोलाले बगाएपछि ठेकदारले काम गर्न छोडेपछि पुल अलपत्र परेको सियारी गाउंपालिका वडा नम्बर ४ का वडाध्यक्ष श्रीप्रसाद थापाले बताए। धनबहादुर थापा नाम गरेको केकदारले ठेक्का लिएको र अहिले ठेकदार सम्पर्कमा नभएको स्थानीय जनप्रतिनिधिले बताएका छन्।