आगमनको जन्मले पाण्डे परिवारमा खुशीयाली


श्यामलाल पोखरेल
बुटवल,चैत्त२१गते। नेपालीमा एउटा उखान छ, दुई सन्तान इश्वरको बरदान। यो उखान विशेष गरेर गाउंघरमा पाका पुस्ताले भन्ने गरेको सुनिन्छ। पाका पुस्ताले भने झै थियो साविक रुपन्देही करैया ३ भलवारीका विष्णु जी पाण्डे र शोभा पाण्डेको परिवारमा। जुन दम्पतिका दुई छोरा थिए शोविसन र किरण पाण्डे। १७ महिनाको अघिपछि आगमन भएका शोविसन र किरणले खुशीयाली छाएको थियो पाण्डे परिवारमा। दुई सन्तानको खुशीयालीमा रमाइरहेको विष्णु जी पाण्डे माइला बा र शोभा पाण्डे तथा पाण्डे परिवारका लागि कालो दिन बने २०७२ चैत्र २० र २१ गते। जीवनभरका लागि चैत्त २० र २१ गते ठूलो बर्जपात निम्तियो पाण्डे परिवारमा ।आफ्नै घर भलवारीमा खेल्दै गरेका दुइ वर्षका शोविसन पाण्डे २०७२ चैत्र १५ गते बिहान खेल्दै गरेको अवस्थामा तातो दुधमा परेर घाईते भए।

खेल्दै गरेको क्रममा तताउंदै गरेको दुधमा परेर शरि जलेर घाइते भएका शोविसनलाई तत्काल उपचारका लागि बुटवलस्थित आम्दा अस्पतालमा लगियो।आम्दामा उपचार सम्भव नभएपछि थप उपचारका लागि शोविसनलाई प्लेनमार्फत काठमाण्डौको कान्तिबाल अस्पतालमा लगियो। उमेरले दुई वर्षका मात्र भएपनि विलक्षण प्रतिभाका धनी शोविसनको अन्तत उनको बर्निङ अस्पतालमा निधन भयो।उनलाई बचाउन चिकित्सकदेखि सबै क्षेत्रबाट ठूलो प्रयास भयो। तर सबैको प्रयास असफल भयो। जेठो पुत्रको उपचारको क्रममा चैत्र २० गते निधन भएपछि पुत्र वियोगमा परेको पाण्डे परिवारलाई घरपरिवार, आफन्त, साथिभाईका साथै देश विदेशबाट स्व. शोविशनप्रति श्रदाञ्जली र घरपरिवारका लागि समवेदना आइरहेका बेला। अकस्माथ विष्णु जी पाण्डे र शोभा पाण्डेका कान्छो पुत्र किरण विरामी परे।जेठो पुत्र गुमाएर रुपन्देही फर्कदै गरेको अवस्थामा कान्छो छोरा किरण विरामी भएपछि घर नपुगी किरणाको उपचारका लागि बुटवलको आम्दा अस्पतालमा भर्ना गरियो। उपचारकै क्रममा सात महिनाको कान्छो पुत्र किरणको पनि दुख्द निधन भयो, बुटवलको आम्दा अस्पतालमा। एक दिन बिराएर दुई छोराको निधन भएपछि पाण्डे परिवारमा ठूलो शोक परो। दुई दिनको अवधीमा दुई छोरा गुमाएका विष्णु जी पाण्डे र शोभा पाण्डेका सबै सपना चनाचुर जस्तै भए। विलक्षण प्रतिभाका धनी थिए शोविसन। किरणलाई तीनाउ नदीको किनारमा सद्गद गर्ने बेला दुइभाई मिलेर बसे है, भैझगडा नगरे है, भन्दै विष्णु जी पाण्डे माइला बा रुदा अस्पतालदेखि घाटमा पुगेका सयौ इष्टमित्र र साथिभाईहरुका आंखा रसाएका थिए। सधै अरुलाई हसाउने हास्यव्यङे कलाकार विष्णु जी पाण्डेले त्यस दिन चैत्र २१ गते धेरैलाई रुवाए। किनकी एउटा छोराको निधन भएपनि अर्को छ भन्दै मन थामेर बसेका विष्णु जी पाण्डेले श्रीमती शोभा पाण्डेलाई पनि ठुलाले छाडेर गएपनि सानो छ भन्दै समझाउ.दै थिए आम्दा अस्पतालमा । तर कान्छो किरणको पनि अकस्माथ निधन हुंदा सबैका आंखाबाट आंसु झरेका थिए। कलिला मुना जस्ता छोरा गुमाएका कारण शोकमग्न पाण्डे परिवारका लागि २०७२ चैत्र २० र २१ गते जीवनमा कालो दिन सावित भएपनि उनीहरुका लागि २०७४ फागुन २३ गते उज्योलो दिन बन्यो। पुत्र शोकमा परेको पाण्डे परिवारमा २०७४ फागुन २३ गते आगमनको आगमनले खुशीयाली छायो। जुन दिन थियो शोकमा डुवेको परिवारलाई खुशीयालीमा परिणत गर्नेगरी तेस्रो सन्तानको रुपमा छोरा आगमनको जन्मले। दुइ छोराहरुको असमायिक निधन भएपछि शोकमा डुबेका विष्णु जी पाण्डे र शोभा पाण्डेले भलवारीमा रहेको आफ्नो पुर्खौली घर पनि छोडेर बुटवलको कालिकानगरमा डेरा सरे। कलाकारिता क्षेत्रमा काम गरेर जीविका चलाउने विष्णु जी पाण्डेले एक वर्ष कठिनका दिने बितेको अनुभव सुनाउछन् अहिले पनि। छोरा गुमाएको पीडा त्यसैमाथि काम गरेर खानुपर्ने र स्टेज पाएपनि भित्रैदेखि कला नआएपछि सांझ विहानको गर्जो टार्नपनि समस्या परेको थियो विष्णु जी पाण्डे माइला बा को लागि।सम्पती, साथिभाई तथा इष्टमित्रका धनी माइला बा का लागि जीवनमा जती दुख्ख परेपनि आगमनको आगमनले अहिले उनको परिवारमा एक खुशीयाली छाएको छ।बुटवलको कालिकानगरमा आफ्नै निवास भएका विष्णु जी र शोभा पाण्डेको तेस्रो सन्ताको रुपमा जन्मेका आगमन अहिले स्कुल जाने भै सकेका छन्। एक दिनको फरकमा दुई छोरा गुमाएका हास्यव्यङे कलाकार विष्णु जी पाण्डे माइला बा को बर्निङ अस्पताल खोल्ने धोक्को छ। दुइ वर्षिय जेठो छोरा शोविशनको दुधमा परेर निधन भएपछि बर्निङ अस्पताल खोलेर सेवा गर्ने धोक्का जागेको बताउछन् उनी। शोविशन र किरणको निधनभएपनि रुपन्देही भलावारी निवासी कलाकार धनबहादुर गुरुङको नेतृत्वमा कलाकार र पत्रकारहरुको सक्रियतामा शोविसन किरण फाउण्डेशन स्थापना गरिएको छ। जुन फाउण्डेशनले अहिले सामाजिक क्षेत्रमा काम गर्दै आएको छ, भने फाउण्डेशनका लागि रुपन्देहीको तिलोत्तमा नगरपालिकासंग जग्गाको मागसमेत गरिएको छ। पाउण्डेशनले अक्षयकोष निर्माण गरेको छ। सामाजिक क्षेत्रमा क्रियाशील शोविशन किरण फाउण्डेशनले यस वर्ष चैत्र २१ गते बुटवलमा सञ्चालित मानव सेवा आश्रमका लागि ११ हजार आर्थिक सहयोग गरेको छ।






![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










