रुपन्देहीको तिलोत्तमामा एक युवतीको रहस्यमय मृत्यु

बुटवल, जेठ ३१ गते। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एक युवतीको रहस्यमय मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका ६ सेमरीकी २५ वर्षीय सुविना गिरीको शव झुण्डिएको अवस्थामा फेला परेको बताईएको छ । सुविना र सुविनाका ।श्रीमान सन्जु गिरीले संचालन गरेको होटलमा राती करिब १ बजेको समयमा झुण्डीएको अवस्थामा फेला पारेपछि अस्पताल लगिएको गिरीका परिवारले बताएका छन् ।उद्वार गरी मणिग्रामस्थित क्रिमसन अस्पतालमा लगिएको र अस्पतालमा कार्यरत चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।सुविना झुण्डीएको र मृत्युबारे छिमेकीले थाहा नपाएको बुझएिको छ ।सुविनाका आफन्तहरुले कुटपीट गरेर झुण्डाएको आरोप लगाएका छन् ।मृतक सुविनाकी फुपु क्षमा गिरीले शरिरमा निलाडामहरु भएकाले पतिले झुण्डाएको दावी गरिन् । आफन्तले घटनाको सत्यतथ्य माग गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन् । इलाका प्रहरी कार्यालय बुटवलले घटनाको अनुसन्धान थालेको बताएको छ । २०७८ चैत्र ३० गते राती तिलोत्तमा नगरपालिका वडा नमबर २ जानकीनगरकी अमृता टण्डन क्षेत्रीको पनि शंकापस्द रुपमा मृतयु भएको थियो । अमृताको मृत्यु नभएर हत्या भएको हो भन्दै माइती पक्षले किटानी जाहेरी दिएपनि अहिलेसम्म न्याय पाएका छैनन् । अमृताको शवको अहिलेसम्म अन्त्येष्टी हुन सकेको छैन ।