अमेरिका-इजरायल-इरान युद्धः अमेरिकी सैन्य अड्डाहरूमा ब्यालिस्टिक मिसाइल प्रहार

काठमाडौँ । इरानसँग अमेरिका-इजरायल युद्धको १२ औँ दिन हो। इरानले इजरायलविरुद्ध अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण गरेको दाबी गरेको छ। रिपोर्टका अनुसार इरानले इजरायल र मध्य पूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरुमा ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ।

इरानी मिडिया रिपोर्टले इरानले इजरायल, दुबई र अबुधाबीमा रहेका अमेरिकी प्राविधिक कम्पनीहरुको कार्यालय र डाटा सेन्टरहरूलाई पनि लक्षित गर्न सक्ने बताएको छ। सम्भावित निशानाको सूचीमा गुगल, अमेजन, माइक्रोसफ्ट, एनभिडिया, आईबीएम र ओरेकल जस्ता कम्पनीहरु उल्लेख गरिएको छ।

यसैबीच संयुक्त राष्ट्र सुरक्षा परिषद्ले आज एक प्रस्तावमा मतदान गर्दैछ। यसमा इरानलाई बहराइन, कुवेत, ओमान, कतार, साउदी अरेबिया, युएई र जोर्डनमा आक्रमण रोक्न भनिएको छ। १२ दिनसम्म कम्तीमा १७ सयको ज्यान गएको छ । जसमा सबैभन्दा बढी इरानमा १२ सय ५५ जनाको ज्यान गएको छ । त्यस्तै लेबनानमा ३९४ जनाले ज्यान गुमाएका छन् । इजरायलमा १३ जनाको ज्यान गएको छ ।