भागवण्डा मिलेपछि तिलोत्तमाको बजेट पारित

बुटवल,साउन ३ गते मंगलबार । कांगे्रस र एमालेको आपसी विवादका कारण रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नगरसभा चार पटककसम्म नगरसभा बैठक स्थगीत भएको थियो । कांगे्रसका जनप्रतिनिधि र एमालेका जनप्रतिनिसिधवीच भागवण्डामा कुरो मिलेपछि मंगलबार सहज रुपमा शुरु भएको नगर सभाको पांचौ बैठकबाट आर्थिक वर्ष २०७९÷८० को बार्षिक बजेट पास भएको छ । दुई दलवीच सहमभी भएपछि मंगलबारको नगरसभा बैकबाट सहकारी ऐन २०७४ दोस्रो संशोधन, कार्यपालिका बैठकका निर्णय अनुमोदन, न्यायिक समितिको प्रतिबेदन पास गर्नुका साथै न्यायिक, लेखा, बिधायन, सुशासन र बिधेयक समिती प्रस्ताव गरिएको छ । नगरप्रमुख रामकृष्ण खांण र उपप्रमुख जगेश्वरदेवी चौधरीबीच सोमबार सांझ भएको छलफलपछि नगरसभा बैकठ सहज रुपमा चलाउने वियायमा सहमती भएको हो । नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि र एमालेबाट निर्वाचित जनप्रतिनिधीबीच भएको असमझदारी हटाउने,न्यायिक समितिमा कांग्रेसको तर्फबाट एक जना प्रतिनिधि राख्ने र नगरसभाको कार्यसूचीमा बिषयगत समितीहरु गठन गर्ने बिषय समावेश गर्ने सहमती भएको बताईएको छ । विवाद सिर्जना गराउन प्रमुख भूमिका खेलेका प्रसासकीय अधिकृत जीवन ज्ञवालीको स्थानमा अर्को प्रमुख प्रसासकीय अधिकृत ल्याउने र जनप्रतिनिधिमाथि हातपात गर्ने डिएसपी ठगबहादुर केसीलाई कारवाही गर्ने सहमभी भएपछि कांगे्रस एमालेबीच सहमती भएको बताईएको छ ।