दाङमा संघीयता खारेजी अभियान चलाउने तयारी

बुटवल,साउन ६ गते साउन।राष्ट्रिय जनमोर्चा दाङले संघीयताको बिरुद्व र संगठन विस्तार तथा सुदृढिकरण अभियान चलाउने भएको छ । यही साउन १५ गतेदेखि असोज मसन्तासम्म संघीयताको खारेजी र राष्ट्रियताको रक्षाका लागि संगठन सुदृढ तथा बिस्तार अभियान संचालनको तयारी भएको राष्ट्रिय जनोकोचा दाङका अध्यक्ष गणेश आचार्यले बताएका छन् । राष्ट्रिय जनमोर्चा दाङको साउन पांच गते घोराहीमा अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा बसेको बैठकले संघीयताको खारेजी राष्ट्रियताको रक्षा र संगठन विस्तार तथा सुदृढिकरण अभियान चलाउने निर्याय गरिएको हो । अध्यक्ष गणेश आर्चाले विज्ञप्ती जारी गरी हाम्रो पार्टीले शुरुदेखि संघीयताको बिरोध गर्दै आइरहेको र अहिले आम जनताले हाम्रो पार्टीको धारणा बुझ्दै गएको बताएका छन् ।एमसिसी, एसपिपी र नागरिकता विधयक लगायतका राष्ट्रघाती कदमले राष्ट्रियता कमजोर बन्दै गएकाले अभियान अन्तर्गत साउन मसन्ता भित्र सबै पालीकाको बैठक बस्ने, भदौ १ गतेदेखि १५ गतेसम्म जिल्लाका सबै वडा समितिको बैठक बस्ने र भदौ १६ गतदेखि मसन्तासम्म सम्पूर्ण टोलहरुको भेला गरी समिती बनाउने र असोज महिना भर जनभेटघाट कार्यक्रम संचालन गर्ने निर्णय भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्तमिा भनिएको छ– बर्षाको मौसम सुरु भएकोले विभिन्न प्राकृतिक प्रकोपहरु हुन सक्ने कुरालाइ ध्यानमा राखी सतर्क हुन जिल्लाबासीलाइ अपिल गर्नुका साथै त्यस्ता प्रकोपमा उद्दारमा खटिन सम्पुर्ण कार्यकर्तालाइ निर्देशन गर्ने निर्णय गरियो । बैठकले दैनिक उपभोग्य बस्तुमा भएको मुल्यवृद्धि फिर्ता गर्न र रासायनिक मलको तत्काल ब्यबस्था गर्न माग गर्ने निर्णय गरेको छ । साबिक बेला र राजपुर को ठूलो भुभागको सिंचाइ हुने गरि दङगाली छाप सिंचाइ कुलो योजना अगाडी बढाउन पार्टीले पहल लिने निर्णय भएको छ । ५ पार्टी बिरोधि गतिविधिमा लागेका कारण जिल्ला सदस्य तुल बहादुर योगी, सारदा चौधरी र डिलाराम बुढाथोकी लाई पार्टी बाट निस्कासन गर्ने निर्णय गरियो । ६ रुक्त रहेका जिल्ला समिति सदस्यहरुमा कामरेड बिरबहादुर चौधरी, दुर्गाप्रसाद भण्डारी, चम्फा भुसाल र सीता पौडेल लाई पदपूर्ति गरिएको विज्ञप्तमिा उल्ेख गरिउको छ ।