पशु स्वास्थ्य तथा पशु सेवा परिषद विधेयक पारित गर्न माग

बुटवल, भदौ ५ गते । पशु स्वास्थ्य तथा पशु सेवा परिषद् व्यवस्था गर्न बनेको विधेयकलाई राष्ट्रिय सभामा प्रवेश गर्न नदिने नेपाल भेटेरीनरी एशोसिएसनको षडेयन्त्र विरुद्ध पशु स्वास्थ्य सम्बन्धी विभिन्न संगठनले आपत्ती जाएका छन् ।
संघीय संसदबाट साउन ३१ गते उक्त विधेयक पारित भई राष्ट्रिय सभामा पेश हुन लागेको अवस्थामा नेपाल भेटेरीनरी एशोसिएसनले सभामा प्रवेश गर्न नदिने, प्रबेश भैहालेपनि छलफलमा अवरोध गर्ने योजना साथ अनर्गल प्रचारबाजी राष्ट्रिय सभाका सभापती, सांसद सामु गरेको भन्दै पशु स्वास्थ्य सम्बन्धी संस्थाले आपत्ती जनाएका हुन् ।
नेपाल एनिमल साईन्स एशोसिएन, नेपाल पारा मेटोरिनरी एण्ड लाईभष्टक एशोसिएशन र नेपाल पशु स्वास्थ्य सेवा प्राविधक संघले उक्त विधेयक राष्ट्रिय सभामा प्रवेश गर्नु अघि नेपाल भेटेरीनरी एशोसिएसनले विना तथ्य र प्रमणमा दिग्भ्रमित पार्ने काम भएको भन्दै सभामा उक्त विधेयक पेश गर्न राष्ट्रिय सभाका अध्यक्षलाई सामुहिक रुपमा आव्हान गरेका छन् ।
नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघका पूर्व अध्यक्ष लोकराज भुसालले नेपाल भेटेरीनरी एशोसिएसनले विधेयकमा ३५ दिने तालिम प्राप्त ग्रामिण पशु स्वास्थ्य कार्यकर्तालाई विशेषज्ञ बराबरको राखेको भनि प्रचार गरेपनि त्यसो नभई १० बर्ष सम्मको कार्य राम्रो भएको पाइएमा त्यस्ता विशेषज्ञलाई घ श्रेणी बराबरको मान्यता दिने विधेयकमा उल्लेख भएको बताए।
नेपाल भेटेरीनरी एशोसिएसनले विधेयक पारित भएमा पशुजन्य पद्धार्थहरुको निर्यात, पशु क्वारेन्टाईन, विश्व पशु स्वास्थ्य संगटन, विश्व व्यापार संगठन लगाएतका प्रावधानहरुमा असर गर्ने बताएको छ । तर भुसालले भने प्रस्तावित परिषद्को ऐनमा उल्लेख नेपाल भेटेरीनरी एशोसिएसनले भने जस्तो विरोधाभाष हुने गरी कुनै पनि प्रावधानहरु नभएको र त्यस सम्बन्धमा पशु चिकित्सा परिषद् ऐन, २०५५ नै लागु हुने स्पष्टका साथ विधेयकमा उल्लेख भएको बताए ।
नेपालमा क्रियाशील प्राविधिक र विशेषत्र पशु सेवाकर्मीहरु ७५ हजार संख्यामा रहेको र उनीहरुले दैनिक पशु स्वास्थ्य सेवा पुराउंदै आएको योगदानलाई नेपाल भेटेरीनरी एशोसिएसनले बेवास्ता, नजरअन्दाज गर्दै २० बर्षदेखि पेशागत कानुन निर्माण प्रक्रियालाई बारम्बार बाधा उत्पन्न गरेको भुसालले बताए ।
विधेयकका बारेमा गरिएको अनर्गल प्रचार विगतका बर्षहरुमा जस्तै भाजो हाल्ने मात्र काम गर्न र पशु सेवाको क्षेत्रिलाई उधोगति तर्फ धकेल्ने बाहेक केही नभएको उहांले बताए। नेपाल एनिमल साईन्स एशोसिएन लुम्बिनीका संयोजक तुल्सीराम भण्डारी, नेपाल पारा मेटोरिनरी एण्ड लाईभष्टक एशोसिएशन लुम्बिनी प्रदेशका संयोजक हुमाकान्त पाण्डे र नेपाल पशु स्वास्थ्य सेवा प्राविधक संघ लुम्बिनी प्रदेशका अध्यक्ष श्रीधर अधिकारीले नेपाल भेटेरीनरी एशोसिएसन अहिले उक्त विधेयकलाई राष्ट्रिय सभामा लैजान नदिने षडयन्त्रमा लागेको बताए। नेपाल पशु स्वास्थ्य सेवा प्राविधक संघ लुम्बिनी प्रदेशका अध्यक्ष श्रीधर अधिकारीले उक्त विधेयकलाई पारित गर्नबाट रोक्न भेटेरिनरी एशोसिएशनमा आबद्ध व्यक्तिहरुले सेवा प्रवाह रोक्नुका साथै पछुपन्छी उपचारमा असहयोग गर्ने, कृषि तथा उद्यमीलाई असर गर्ने जस्ता गैर जिम्मेवारी व्यवहार गरेको बताए। यसले नेपालका करिव ३६ लाख कृषकको गोठमा पुगेर आवश्यक प्राविधिक सेवा प्रभावहमा खटिरहेका ७५ हजार बढि प्राविधिक एवं विशेषज्ञको अपमान भएको उनले बताए ।
संयुक्त विज्ञप्तीमा भनिएको छ ।

प्रेस विज्ञप्ति
पशु स्वास्थ्य तथा पशु सेवा परिषद विधेयक, २०७९ का बारेमा यथार्थ वस्तु स्थिती वारे र हाम्रो अवधारणा प्रस्तुतीका लागि आयोजित
पत्रकार संम्मेलन
लुम्बिनी प्रदेश, बुटवल, रुपन्देही
मिति २०७९र०५र०५

कार्यक्रमका अध्यक्ष ज्यू, आदरणिय पत्रकार वन्धुहरु र सहभागी पेशाकर्मिहरु सवैमा हार्दिक नमस्कार एवं स्वागतः

विश्वव्यापी रुपमा नै मान्यता पाएका पशु आहारा, पशु प्रजनन्, पशु स्वास्थ्य, पशु व्यवस्थापन र वजारीकरणमध्ये पशु चिकित्साको क्षेत्रलाई मात्र सम्बोधन गर्ने गरी नेपाल भेटेरीनरी काउन्सिल ऐन, २०५५ लागु भएपश्चात करिव पचहत्तर हजार९७५००००को संख्यामा नेपालमा कार्यरत सामान्य, मध्यम तथा उच्चस्तरको विशेषज्ञ सेवा समेत प्रदान गर्न पशु सेवा क्षेत्रमा कार्यरत प्राविधिकहरुलाई यो ऐनले नसमेटेको कारणले सोही ऐनमा पशु सेवाका सम्पूर्ण प्राविधिक एवँ विशेषज्ञहरुलाई समेट्ने गरी विद्यमान पशु चिकित्सा परिषद ऐ्नलाई संशोधन गर्न २०५५ सालदेखि २०७४ सालसम्म निरन्तररुपमा प्रयाश भएको सबैलाई विदितै छ । विभिन्न चरणमा, विशेष गरी नेपाल भेटेरीनरी एशोसियसनका तर्फबाट गरिएको अवरोधका कारणले, आएको उतारचढावले गर्दा व्यवस्थापिका संसदको कृषि तथा जलश्रोत समितिको च.नं. ८ मिति २०७४र०४र२५ को निर्देशनानुसार तात्कालिन पशुपन्छी विकास मन्त्रालयले सहसचिव (प्रशासन)ज्यूको संयोजकत्वमा पशु सेवा विभाग ९म्ीक्०, नेपाल भेटेरीनरी काउन्सिल ९ल्ख्ऋ०, नेपाल भेटेरीनरी एशोसियसन ९ल्ख्ब्०, नेपाल एनिमल साइन्स एशोसियसन ९ल्ब्क्ब्०, नेपाल पाराभेटेरीनरी एण्ड लाइभस्टक एशोसियसन ९ल्भ्ख्ीब्०, नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ ९ल्भ्ीत्ब्० लगायतका संस्थाहरुको आधिकारिक प्रतिनिधित्वमा विभिन्न चरणमा बैठक बसी बुँदागतरुपमा छलफल भै अन्तिम रुप दिइएको पशु स्वास्थ्य तथा पशु सेवा परिषद ऐन, २०७९ को विधेयक संसदको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिमिा केही दिन अगाडिमात्र छलफल भै सिफारिशसहित प्रतिनिधि सभामा पेश भएकोमा यस विधेयकलाई प्रतिनिधिसभाबाट पारि गरिसकेपछि पनि राष्ट्रिय सभाबाट पारित हुन नदिने, पचासौं हजार पशु सेवामा समर्पित प्राविधिक तथा विशेषज्ञहरुको मानमर्दन गरी समग्र पशु सेवा क्षेत्रलाई नै खुम्चाउने उद्देश्यका साथ नेपाल भेटेरीनरी एशोसियसनले प्रस्तुत विधेयकका सम्बन्धमा मिति २०७४र०४र२३ गतेका दिन निकालेको प्रेश विज्ञप्तीमा घोर आपत्तिसहित ल्ब्क्ब्, ल्भ्ख्ीब् र ल्भ्ीत्ब् को तर्फबाट मिति २०७४र०४र२५ गतेका दिन प्रकासित संयुक्त विज्ञप्तिले विधेयकका बारेमा स्पष्ट पारेका भएतापनि पटक पटक ल्ख्ब् का तर्फबाट गलत प्रचार प्रसार, मेडियावाजी, घोंचपेचमात्र नभै पशु सेवा व्यवसाय र व्यवसायीहरु लाई मानमर्दन गर्न गरिएको दुष्प्रयाशप्रति हामी सबैको घोर आपत्ति रहेको छ । प्रस्तुत विधेयकको उत्पत्ति र हालसम्मको अवस्थाका बारेमा माननीय सांसदज्यूहरु, अधिकारकर्मीज्यूहरु, पत्रकार महानुभावहरु लगायत सम्बद्ध सबैलाई जानकारीका लागि निम्नानुसारका यथार्थ जानकारी र विवरण तयार गरी प्रस्तुत गरिएको छ ।
ज्ञ। नेपाल भेटरीनरी काउन्सिल ऐन, २०५५ लागु भएपछि यसले समेट्न नसकेका विशेषज्ञहरु, प्राध्यापकहरु, अनुसन्धानकर्ता तथा वैज्ञानिकहरु र प्राविधिकहरुलाई समेटेर यो ऐनलाई संशोधन गर्न निरन्तर प्रयाश भएको भएतापनि ल्ख्ब् कै कारणले गर्दा यो प्रयासले सार्थकता पाउन नसकेको हो ।
द्द। यी प्रयासहरुले सार्थकता पाउन नसकेपछि सम्बन्धित सरोकारवालाहरुको अनुरोध र यथार्थतालाई मनन गरी व्यवस्थापिका संसदको कृषि तथा जलश्रोत समितिले अलग अलग ऐनको आवस्यकता महसूस गरी च.नं. ८ मिति २०७४र०४र२५ को पत्रद्धारा अविलम्व विधेयकको मसौदा तयार गरी पेश गर्न पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिएको थियो ।
घ। पशुपन्छी विकास मन्त्रालयले, माननीय मन्त्री सन्त कुमार थारुज्यूको कार्यकालमा, मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका प्रशासनतर्फका सहसचिवज्यूको संयोजकत्वमा म्ीक्, ल्ख्ऋ, ल्ख्ब्, ल्ब्क्ब्, ल्भ्ख्ीब्, ल्भ्ीत्ब् लगायतबाट आधिकारिक प्रतिनिधित्व गराई गठन गरेको समितिले पटक पटक र निरन्तर बैठक तथा बुँदागत छलफल गरी “पशु स्वास्थ्य तथा पशु सेवा परिषद ऐन”को मस्यौदा विधेयक तयार गरी सर्वसम्मत निर्णयका साथ मन्त्रालयमा पेश गरेको थियो ।
द्ध। यसरी पेश भएको मसौदामा राय सुझावका लागि अर्थ मन्त्रालय, कानून मन्त्रालय लगायतमा पेश भएकोमा क्रमशः मिति २०७४र०७र१ र २०७४र०७र२९ मा उल्लेखित मन्त्रालयहरुबाट सहमतिसहितका पत्रहरु प्राप्त भएका थिए ।
छ। मिति २०७५र१०र२४ गते माननीय मन्त्री चक्रपाणी खनालज्यूको अध्यक्षतामा मन्त्रालयमा वैठक बसी प्राप्त भएका सुझाव तथा सल्लाहहरुलाई समेटेर मन्त्रालयबाट विधेयकको मसौदालाई अन्तिम रुप दिई प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पठाइएको थियो ।
ट। प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको च.नं.१७ मिति २०७६र०३र३१ को पत्रद्धारा मन्त्रीपरिषद, विधेयक समितिमा छलफल भै विधेयक समितिको निर्णयको पत्रद्धारा मुख्य सचिवज्यूको मा पेश भएको थियो ।
ठ। यसरी प्राप्त भएको विधेयकको मस्यौदा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको च.नं.३२१र१५६६ मिति २०७६र०५र२६ को पत्रबाट मन्त्रीपरिषद, विधेयक समितिमा छलफल गरी पेश गर्ने निर्णय भएअनुसार र परिमार्जन भै आएको “पशु स्वास्थ्य तथा पशु सेवा परिषद व्यवस्था गर्न बनेको विधेयक” संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय भई सोही अनुसार पेश भएको थियो ।
ड। समितिमा पेश भएको विधेयकको मसौदा समितिमिा बुँदागत रुपमा छलफल भै मिति २०७९र०४र२२ गतेको निर्णयानुसार सिफारिशसहित समतिबिाट संघीय व्यवस्थापिका संसद, प्रतिनिधि सभामा पेश भएको हो ।
ढ। यसरी पेश भएको विधेयक मिति २०७९र०४र३१ गत प्रतिनिधि सभाबाट पारित भैसकेको छ ।
यसरी चरणवद्ध रुपमा सम्पूर्ण सरोकारवालाहरुको सहभागितामा तयार भै प्रतिनिधि सभाबाट पारित गरिएको पशु स्वास्थ्य तथा पशु सेवा परिषद व्यवस्था गर्न बनेको विधेयक लाई राष्ट्रिय सभामा पेश गरी छलफल हुने क्रममा रहेकोमा नेपाल भेटेरीनरी एशोसियसनद्धारा आफ्नो हैकम तथा बढप्पन प्रदर्शन गर्दै यो विधेयकलाई सकभर राष्ट्रिय सभामा नै प्रवेश गर्न नदिने, प्रवेश भैहालेमा छलफलमा अवरोध सिर्जना गर्ने, राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू, उपाध्यक्षज्यू लगायतका माननीयज्यूहरुलाई दिग्भ्रमित पार्न विभिन्न प्रचारप्रसारका मेडियाहरु, सडक, कार्यालय, शिक्षण संस्था लगायतमा गलत नियतले विना तथ्यतथा प्रमाण प्रचार प्रसार गरी यो विधेयकलाई पनि असफल पार्ने दुष्प्रयाश भैरहेकोमा पशु सेवामा सम्वद्ध सबै संघसंस्थाहरुको घोर आपत्ति रहेको छ ।

नेपाल भेटेरीनरी एशोसियसनले चर्कोरुपमा उठान गरेका कपोलकल्पित चार बुँदाहरुका बारेमा निम्नानुसार भएको व्यहोरा पनि अनुरोध गर्दछौंः
१. ३५ दिने तालिमप्राप्त ग्रामिण पशु स्वास्थ्य कार्यकर्ताहरुलाई विशेषज्ञ बराबर बनाइएको भन्ने बारेमा निजहरुको नियमित नियमन गर्ने र १० वर्षसम्मको कार्य राम्रो भएको पाइएमा मात्र ‘घ श्रेणी’बराबरको मान्यता दिनेबारे विधेयकमा स्पष्टरुपमा उल्लेख भएको छ ।
२. ऐनको नामका बारेमा उठाइएका विषयका सम्बन्धमा मन्त्रालयले गठन गरेको समितिमा पशु चिकित्सा परिषदका तात्कालिन सदस्य तथा हालका उपाध्यक्ष र नेपाल भेटेरीनरी एशोसियसनका सचिव समेतको निरन्तर र नियमित सहभागिता रहेको र सोहीे समितिले नै सर्वसम्मत रुपमा नामलाई अन्तिम रुप दिइएको माइन्यूट रजिष्टर साक्षी छ ।
३. धानवाली, मकैवालीजस्ता विषय पढेका भनी आरोप लगाइएका पशु विज्ञान विषयका स्नातक तथा स्नातकोत्तर उपाधि प्राप्त गरेका पदाधिकारीहरुले पशु सेवाका कार्य गर्न नसक्ने भनी लगाइएका आरोपका बारेमा उल्लेखित उपाधि हासिल गर्दा अध्ययन गरिने पाठ्यक्रम हेरेमा नै यो विषय स्पष्ट हुनेछ ।
४. प्रस्तुत विधेयक पारित भएमा पशुजन्य पदार्थहरुको निर्यात, पशु क्वारेन्टाइन, विश्व पशु स्वास्थ संगठन, विश्व व्यापार संगठन लगायतका प्रावधानहरुमा असर पर्ने भनी उठानमात्र नभै रटान गरिएका सम्बन्धमा प्रस्तावित परिषदको ऐनमा उल्लेखित विषयहरुमा विरोधाभाष हुने गरी कुनै पनि प्रावधानहरु नभएको र त्यस सम्बन्धमा पशु चिकित्सा परिषद ऐन, २०५५ नै लागु हुने भनी स्पष्टताका साथ उल्लेख भएको छ ।
उपरोक्त अवस्थामा पशु स्वास्थ्य सेवा संग सम्वन्धित सर्वोच्च निकाय विश्व पशु स्वास्थ्य संगठन९इक्ष्भ्० को मार्ग दर्शनमा समेत प्रत्ये देशको पशु स्वास्थ्य सेवामा संलग्न सवै स्तरका प्राविधिक एवं विशेषज्ञ जनशक्तीहरुलाई उनिहरुको योग्यता, शिप र अनुभवका आधारमा आवश्यक कार्यजिम्मेवारीको मापदण्ड, सहितको पेशागत आचारसंहिता वनाइ सवै जनशक्तीहरुलाई मर्यादित, व्यवस्थित र जवाफदेहीरुपमा सेवा प्रवाहमा परिचालन एवं नियमनगरी गुणस्तरिय असल पशु स्वास्थ्य सेवा संचालन गर्नुपर्ने स्थापित मान्यतालाई सवै देशका पशु स्वास्थ्य संग सम्वन्धित राष्ट्रिय आधिकारीक निकायले सोको व्यवस्थापन गर्नुपर्ने मार्गदर्शन विपरित नेपालको पशु स्वास्थ्य क्षेत्रको नेतृत्वदायी भूमिकामा रहेको हामी सवै पेशाकर्मीहरुको पहल कदमिमा स्थापना गरिएको निकाय पशु चिकित्सा परिषद र सो संग आवद्ध भेटेरिनरी प्रोफेशनलहरुको समुहले उपरोक्त स्थापित मूल्य मान्यता विपरीत नेपालमा कृयाशिल९ख्भतभचष्लबचथ एचयाभककष्यलब०ि वाहेकका प्राविधिक र विशेषज्ञ पशु सेवा पेशाकर्मीहरु करिव पचहत्तर हजार ९७५००००को संख्याले दैनिक पशु स्वास्थ्य सेवा पुराउदै आएको योगदानलाइ वेवास्ता, नजरअन्दाज गर्दै विगत २० वर्ष देखी उनिहरुको सेवालाई नियमन गर्ने पेशागत कानुन निर्माण प्रकृयामा पटक पटक वाधाअडचन छेकथुन गरी गैर जिम्मेवारीको पराकाष्ट पूर्ण प्रस्तुती प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ
तसर्थ प्रस्तुत विधेयकका बारेमा गरिएका अनर्गल प्रचार प्रसारहरु केवल विगतका वर्षहरुमा जस्तै गरी भाँजो हाली यो विधेयकलाई पनि स्वीकृत हुन नदिने र पशु सेवाको क्षेत्रलाई उधोगतितर्फ धकेल्ने दुष्प्रयाश बाहेक केही पनि हुन नस्क्ने भएकोले विषयको यथार्थता र मर्म बुझेरमात्र पत्रपत्रिकाहरुमा समाचार प्रकाशन गरिदिनुहुन राज्यको चौथो अंगको रुपमा स्थापित पत्रकार जगतलाई अनुरोध गर्दै प्रस्तुत विधेयकलाई यथासिघ्र राष्ट्रिय सभामा छलफलमा ल्याउन र पारित गर्नका लागि आवस्यक सहजिकरणका लागि सम्माननीय प्रधानमन्त्रिज्यू, सम्माननीय सभामुखज्यू, उपसभामुखज्यू, राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू, उपाध्यक्षज्यू, माननीय मन्त्रज्यिूहरुकासाथै यो विधेयकलाई स्वीकृत गरी पचासौं हजारभन्दा बढी पशु सेवाकर्मी प्राविधिकहरु, प्राध्यापकहरु, अनुसन्धानकर्ताहरु, वैज्ञानिकहरु र विज्ञहरुलाई हौसला प्रदान गर्नुहुन र नेपालको पशु सेवा क्षेत्रको विकास र देशकै समृद्धिमा सहयोग पुर्याउनुहुन माननीय सांसदज्यूहरुलाई समेत विनम्रताकासाथ हार्दिक अपिल गर्दछौं।
यसै परिस्थितिमा प्रस्तुत पशु स्वास्थ्य तथा पशु सेवा परिषद विधेयक, २०७९ विधेकलाई सम्सद बाट पारित गर्न रोक्ने भाजो हाल्ने रणनिती र नियतिका साथ भेटेरिनरी एशोसिएशनमा आवद्ध सिमित संख्यामा रहेको ख्भतभचष्लबचथ एचयाभककष्यलब िहरुलाई उनिहरुवाट दिने सेवा प्रवाह रोकी पशुपन्छी उपचारमा असहयोग गर्ने कृषक तथा उद्यमीहरुलाइ असर पुराउने जस्ता गैर जिम्मेवार र धम्किपूर्ण व्यावहार र सेवा प्रवाह रोक्नेगरी असहयोगका कार्यक्रमहरु सार्वजनिक गरेको सन्दर्भमा समेत हामिहरुको गम्भिर ध्यानाकर्षण भएको छ । २०५६ साल देखिनै पेशागत वैधानिक अधिकार प्राप्त गरी वैधानिकरुपमा प्राविधिक सेवा प्रवाहमा एकलौटी पेशागत सिन्डीकेट कायम गरेको समुहको यस प्रकारको प्रस्तुती पेशाप्रतिको गैर जिम्मेवारीपन र छटपटावट वाहेक केही हुन सक्दैन । नेपालको दुरदराज भिरपाखा ग्रामिण वस्तिमा रहेका करिब ३६ लाख कृषकको गोठमा पुगेर आवश्यक प्राविधिक सेवा प्रवाहमा खटिरहेका हाम्रा पेशागत संघ संस्थाहरु संग आवद्ध भइ पशु सेवा मा समर्पित करिव ७५००० को संख्यामा रहेको प्राविधिक एवं विशेषज्ञ जनशक्तिहरुले वैधानिक पेशागत अधिकार प्राप्तिको यस ऐतिहासिक घडिमा सवै प्रकारका जालझेल षडयन्त्रहरुको चिरफार र सामना गर्दै आफ्नो पेशा र कृषक वर्ग प्रति सर्मपण भावका साथ अझवढी दृढता, विश्वसनिय, जवाफदेहीता सहितको आवश्यक प्राविधिक सेवाटेवा सहयोग उपलव्ध गराइ कुनै प्रकारको अभाव हुन नदिने गरी सेवामा समर्पित रहन अपिल गर्दछौ साथै आवश्यक प्राविधिक सेवाटेवा प्रवाहमा कुनै अभाव हुन नदिने व्यहोरा समेत आदरणिय कृषक समुदायलाई प्रतिवद्धता प्रकट गर्दैै विश्वस्त हुन आग्रह गर्दछौ । हाम्रो वैधानिक पेशागत कानुन निर्माणको यस न्याय प्राप्तिको अभियानमासहयोगको लागि सवै सरोकारवाला वर्गमा हार्दिक अनुरोध गर्दछौ ।

यस कार्यक्रममा उपस्थित सम्पूर्ण संचारकर्मी एवं महानुभाव प्रति हार्दिक आभार व्यक्त गर्दछौ ।
जय पशुधन