नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह डिस्चार्ज

बुटवल, असोज १२ गते । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ ।
डेंगु लागेको पुष्टि भएपछि उपचारका लागि यही असोज ११ गते लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका सिंहलाई बुधबार डिस्चार्ज गरिएको हो । केही दिन अघि भारतबाट नेपाल     आएका ८७ वर्षिय महामन्त्री सिहंको उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।
महामन्त्री सिंहको उपचारमा संलग्न डाक्टर शम्भु खनालले डेंगु फिवर देखिएको र अहिले समान्य अवस्थामा आएपछि डिस्चार्ज गरिएको जानकारी गराए ।