बुटवलका मेयरले पत्रकारलाई अपमानजनक शब्द प्रयोग गरेकोप्रति पे्रस चौतारीको आपत्ति

बुटवल, असोज १२ गते । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको बोलीप्रति पे्रस चौतारी रुपनदेहील आपत्ती जनाएको छ । समाचारको विषयलाई लिएर पत्रकारलाई सार्वजनिक स्थलमा अपमानजनक शब्द प्रयोग गरेकोप्रति प्रेस चौतारी नेपाल रुपन्देहीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सार्वजनिक कार्यक्रममै पत्रकारमाथि अपमानजनक शब्द प्रयोग गरेको भन्दै पे्रस चौतारी रुपन्देहीले प्रमुख पाण्डेप्रति बिरोध जनाएको हो ।
उपमहानगरपालिकाले स्थानीय तहको निर्वाचन पछि चार महिनाको अवधिमा भएका प्रगति सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा पत्रकार डिवी सुस्लिङले प्रशन गरेपछि तपाईलाई पनि लाज लाग्ने हो भन्ने शब्द मेयर पाण्डेले प्रयोग गरेका थिए ।
पत्रकार सम्मेलनमा उनले ग्लोबल आवाजका समाचार प्रमुख सुस्लिङलाई ‘तपाईंले जहिले पनि नेगेटिभ समाचार लेख्ने ? आफूले लेखेका समाचारबारे तपाईंलाई लाज लाग्नु पर्ने हो’ जस्ता शब्द प्रयोग गरेको शब्दप्रति पे्रस चौचारी रुपन्देही अध्यष लक्ष्मण पौडेलले मेयर बालेको उक्त शब्दको आपत्ती जनाउंदै पत्रकारमाथि सार्वजनिकस्थलमा अपमान गरिएको भन्दै बिरोध जनाएका छन् ।

Chautari press release (1)
चौतारीका अध्यष लक्ष्मण पौडेलले बुधबार विज्ञप्ती जारी गरी मेयरले बोलेको उक्त शब्दप्रति आपत्ती जनाएका छन् ।
अध्यक्ष लक्ष्मण पौडेलद्वारा जारी विज्ञप्तिमा पत्रकार सम्मेलन आयोजना गरिएको स्थलमै पत्रकार सुस्लिङलाई नगर प्रमुख जस्तो पदमा बसेको व्यक्तिले अनावश्यक लाञ्छना लगाउँदै अपमानजनक शब्द प्रयोग गर्नु गम्भीर विषय उल्लेख छ ।