जेष्ठ नागरिक अक्ष्य कोष सहयोग दातालाई सम्मान

बुटवल, असोज १४ गते । जेष्ठ नागरिकका लागि रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ४ डिंगरनगरमा रहेको श्रृंगेश्वर धाम परिसरमा जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालन गरिदै छ । जेष्ठ नागरिकहरुका लागि सञ्चालन गरिने मिलन केन्द्रका लागि भवन निर्माण गरिएको छ । त्यस्तै पार्कसहित जेष्ठ नागरिक विश्राम स्थल निर्माण गरिएको छ ।
१८ कठ्ठा जग्गामा फैलिएको श्रृंगेश्वर धाम परिसरमा निर्माण गरिएको जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालन गर्ने तयारी गरिएको छ ।जेष्ठ नागरिक मिलन केन्द्रले ७० वर्ष नाघेका वृद्ववृद्वालाई राख्ने गरी तयारी गरेको छ ।
जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालनका लागि अक्ष्य कोषसमेत स्थापना गरिएको छ ।अक्ष्य कोष स्थापनाका लागि आर्थिक सहयोग गर्ने सहयोग दाताहरुलाई शुक्रबार सम्मान गरिएको छ ।
विजया दशमीको शुभ अवसरमा शुक्रबार शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरी गरी सहयो दाताहरुलाई सम्मान गरिएको हो ।
उक्त कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका पूर्व नगरप्रमुख बासुदेव घिमिरेले वृद्ववृद्वाहरुको सहजताका लागि सञ्चालन गरिने जेष्ठ नागरिक मिलन केन्द्रको विकासका लागि र तीनै तहका सरकारले आर्थिक सहयोग गर्नुपर्ने बताए ।
स्थानीय नगर सरकारको स्वामित्वमा रहने गरी जेष्ठ नागरिक मिलन केन्द्रलाई विस्तार गरी ट्रष्टको रुपमा विकास गर्नुपर्ने बताउंदै उनले भने – त्यसका लागि सबैको साथ सहयोग र आर्थिक सहयोग आवश्यक पर्छ ।

जेष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष युदुनाथ पाण्डेको अध्यक्षता र सचिव हरि कडेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।
उक्त कार्यक्रममा डा. नारायण पन्थ, ऋङेश्वर धामका अध्यक्ष ऋषी भण्डारी, प्राध्यापक जीवलाल सापकोटा, झविन्द्र कडेल, टंक पराजुली, टंक पोखरेल, लालहरि पाण्डे, कृष्ण पोखरेल, गोपाल पोखरेल, शरिता श्रीष , पत्रकार खिमानन्द भट्टराई, हरि पौडेल लगायतले बोल्दै जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालनका लागि सहयोग गर्ने प्रतिवद्वता जनाउंदै आफु सक्दो सहयोग गर्न सबैलाई आग्रह गरेका छन् ।
एक सय जना जेष्ठ नागरिक अट्ने क्षमता भएको साढे २ तले भवन बनाइएको छ ।
भवनसहित अन्य भौतिक संरचना निर्माणको काम पुरा भएपछि अबको दुई महिना भित्र जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालन गरिने जेष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष यदुनाथ पाण्डेले बताउनुभयो ।
शुरुवाती चरणमा ७० वर्ष नाघेका २५ महिला र २५ जना पुरुषलाई बिहान ११ बजेदेखि सांझ ४ बजेसम्म राखिने अध्यक्ष पाण्डेले बताउनुभयो ।
पहिला महिला ५० जेष्ठ नागरिकबाट शुरु गरी एक सय जनासम्म जेष्ठ नागरिकलाई राखिने योजना रहेको केन्द्रका सचिव हरिप्रसाद कंडेलले जानकारी गराएका छन् ।
उक्त जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालनका लागि १ करोको अक्ष्यकोष स्थापना गरिने र मासिक ५ लाख खर्च हुने केन्द्रका संरक्षक ऋषि भण्डारीले बताए।
सोही कार्यक्रमको अवसरमा विजया दशमी, दिपावली, नेपाल सम्वत् लगायका पर्वहरुको शुभकामना साटासाट गरिएको थियो ।