वन ऐनसंग बाजिएका विषयमा सहजीकरण गर्छु – सांसद घिमिरे

शंकरनगर सामूदायिक वनको २२ औ वार्षिक साधारण सभा

बुटवल, पुस २२ गते । समाजको विकासका लागि सामूदायिक वनको दीगो विकास हुनुपर्ने सरोकारवालाले बताएका छन् । मानव समाजमा सामूदायिक वनको महत्व बढेकाले हरियाली र शुद्व हावापानीका लागि सामूदायिक वनहरु संरक्षण गरी दीगो विकासमा सबैको ध्यान केन्द्रित हुनुको विकल्प नभएको बताए ।
रुपन्देहीको तिलोत्तमास्थित शंकरनगर सामूदायिक वन उपभोक्ता समूहको २२ औं वार्षिक साधारण सभामा बोल्ने वन उपभोक्ता तथा सरोकारवालाहरुले सामाूदायिक वनको दीगो विकासले गरिबी निवारण गर्न सकिने तर्क गरेका छन् ।
अतिक्रमण हुनबाट सामूदायिक वनलाई जोगाएर वनलाई रोजगारसंग जोड्न सकिने उनीहरुको भनाइ छ ।
सोही साधारण सभामा बोल्दै रुपन्देही क्षेत्र नम्बर पांचबाट निर्वाचित संघीय सांसद तथा नेकपा एमालेका नेता बासुदेव घिमिरेले वन ऐनसंग बाजिएका विषयमा सहजीकरण गर्ने बताए । 
संघ र प्रदेशीबीच वन ऐनहरु बाजिएकाले स्थानीय तहमा काम गर्न समस्या भएको उल्लेख गर्दै स्थानीय तहमा विकासका कामहरुलाई सहजरुपमा अगाडी बढाउन संघीय संसदबाट सहजिकरण गर्ने प्रतिवद्वता जनाएका छन् ।
आमनागरिकको हितमा सामूदायिक वन संरक्षण गर्नुपर्ने बताउंदै सांसद घिमिरेले भने – संघ र प्रदेशका केही ऐन कानुनहरु एक आपसमा बाजिदा काम गर्न समस्या भएकाले यस विषयमा पहल गर्छु ।
उनले तिलोत्तमा र समग्र जिल्लाको फोहोरमैला व्यवस्थापनका लागि पहल गर्ने बताउंदै सैनामैना नगरपालिकामा फोहोर व्यवस्थापनका लागि आवश्यक पहल गरेर वजेटको व्यवस्था मिलाउने प्रतिवद्वता जनाए ।
तिलोत्तमा नगरपालिकाको ५२ किलोमिटर रिङरोडमा सञ्चालन हुने रेलले मानव वस्तीलाई केही असर नगर्ने बताउंदै रेल सञ्चालनमा कसैलाई पनि बिरोध नगर्न आग्रह गरेका छन् ।
शंकर नगर सामूदायिक वन उपभेक्ता समूहका अध्यक्ष रबिन्द्र वस्नेतले देशभरका सामूदायिक वन मध्ये शंकनर वन सामूदायिक वन उत्कृष्ट भएको बताए ।
उनले अतिक्रमित हुनबाट शंकर नगर सामूदायिक वनलाई अहिले जोगाउन सफल भैएको बताउंदै भविश्यमा अतिक्रमण हुनबाट जोगाउने गरी आमउपभोक्तालाई सचेत हुन आग्रह गरे ।
तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खांणले सामूदाविक वनले जमिन जोगाएको बताउंदै सामूदायिक वनलाई रोजगार र पर्यापर्यटनसंग जोडेर आम्दानीको श्रोत बढाउन सकिने बताए ।
डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख प्रभाव सापकोटाले सामूदायिक वनहरु उत्कृष्ट र सम्वृद्वि भैसकेको बताउंदै सामूदायिक वनको दीगो विकासमा सबैको साथ सहयोग चाहिने बताए ।
कार्यक्रममा नेकपा एमाले तिलोत्तमा नगर अध्यक्ष तामनाथ पाण्डे, नेपाली कांगे्रसका नगर सभापति हरिलाल पाण्डे, नेकपा माओवादी केन्द्रका वेलप्रसाद शर्मा, तिलोत्तमा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष फर्सुराम गिरी, सामूदायिक वन उपभोक्ता महासंघ रुपन्देही सचिव श्याकला आचार्य, महिला उप समूहकी अध्यक्ष गीता बस्याल, अधिवक्ता खुमाकान्त पौडेल, नविना भण्डारी, बासुदेव घिमिरे, झविन्द्र भण्डारी, चण्डीप्रसाद पाण्डे लगायतले बोल्दै सामूदायिक वन संरक्षणमा सबैको साथ सहयोग आवश्यक पर्नेमा जोड दिए ।
शंकर नगर सामूदाविक वन उपभोक्ता समूहका अध्यक्ष रबिन्द्र वस्नेतको अध्यक्षता र सचिव कालिका अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा एसईईमा उत्कृष्ट विद्यार्थीलाई छात्रावृत्ति र गरिव तथा जेहन्दा विद्यार्थीलाई सहयोग गरिएको छ ।