कपिलवस्तुमा चन्दा उठाएको आरोपमा चार जना पक्राउ

बुटवल, माघ १६ गते । नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक विकरान्तसहित ४ जनालाई प्रहरीले कपिलवस्तुबाट पक्राउ गरेको छ । चन्दा उठाएको आरोपमा ति चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।
सोमबार पत्रकार सम्मेलन गरी कपिलवस्तु प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक विकरान्त भन्ने जग्गु तेली, कपिलवस्तु जिल्ला इन्चार्ज विपिन विक, बृजेश गिरी र सुग्रिम रैदास रहेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुकी प्रहरी निरीक्षक शैलेश्वरी बोहराले जानकारी गराएका छन् ।
गत कात्तिकमा कपिलवस्तुमा २ वटा ट्रक र एउटा मोटरसाइकल जलाएको र विभिन्न व्यक्तिसंग धम्कीपूर्ण रुपमा चन्दा उठाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
उनीहरुलाई गत २२ कात्तिकमा २ वटा ट्रक र एउटा मोटरसाइकलमा ऋंखलावद्व आगजनी गरेको आरोप छ । ती गाडी जलाएका तीनवटै घटनास्थलमा नेपाल जनतान्त्रिक मुक्ति मोर्चाको संयोजक विकरान्तबाट जारी गरेको निर्वाचन बहिष्कार, नेपाल बन्द लगायतका विभिन्न ७ बुंदे मागसहितको पर्चाहरु प्रहरीले फेला पारेको थियो ।प्रहरीका नुसार गत पुसको १६, १७ र १८ गते कृष्णनगर नगरपालिका(९ बहादुरगञ्जका ३४ वर्षका वुद्धकुमार अग्रहरिलाई फोन गरेर २५ लाख रुपैयां चन्दा मागेका थिए । चन्दा नदिए भौतिक आक्रमण गर्ने चेतावनी दिएका थिए ।२६ पुर र २ माघमा कृष्णनगर नगरपालिका मौजा गणेशपुरका ४४ वर्षका ओमकार चौधरीलाई फोन गरेर १० लाख रुपैयां चन्दा मागेका प्रहरीले बताएको छ ।
यही माघ २ देखि १३ गतेसम्म शिवराज नगरपालिका(७ बालानगर बस्ने पुजारीप्रसाद चौधरीलाई फोन गरेर ५ लाख रुपैयाँ चन्दा मागेकोसमेत आरोप छ ।