गण्डक नहरमा एक महिलाले दुई छोरासहित हाम फालिन –अवस्था अज्ञात

हरि शर्मा
नवलपरासी, फागुन ९ गते । नवलपरासीको गण्डक नहरमा एक महिलाले दुई छोरासहित हाम फालेकी छन् । मंगलबार दिउंसो २ बजे ति महिलाले दुई छोरा लिएर हाम फालेकी हुन् ।
उनीहरूको अवस्था अज्ञात छ । नवलपरासीको सुस्ता गाउंपालिका–२ हरकपुरास्थित गण्डक नहरमा सोही वडाको महलबारी बस्ने २९ वर्षिया प्रतिमा थारूले ९ वर्षिय छोरा क्रिश र ७ वर्षिय सुमितलाई लिएर हाम फालेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले बताए ।

मानसिक सन्तुलन सामान्य नरहेकी उनले दुवै छोरालाई दुई तिर काखमा लिएर हनम फालेको प्रत्यक्षदर्शीलाई उद्दृत गर्दै प्रहरीले जनाएको छ । स्थानीयका अनुसार ति महिलाका श्रीमान् वैदेशिक रोजगारमा गएका छन् ।
कहिलाले के कति कारणले हाम फालिन भन्नेबारे अनुसन्धान भईरहेको र नहरमा बेपत्ता तीनै जनाको खोजी कार्य भईरहेको डिएसपी पाण्डेले बताए ।