राष्ट्रपतिका लागि एमाले अध्यक्ष ओलीले माधव नेपालसंग मत मागे

काठमाण्डौ, फागुन १३ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसंग मत मागेका छन् । शनिबार औपचारिक पत्र पठाएर माधव नेपालसंग मत मागेका हुन् ।


एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाममा सम्बोधन गरी पत्र पठाएका छन् ।