राष्ट्रका लागि संगीत अभियात्राद्दारा बुटवलमा सांस्कृतिक कार्यक्रम

बुटवल, चैत्र १३ गते ।राष्ट्रका लागि संगीत अभियात्रा अभियानले सोमबार बुटवलमान सांस्कृतिक तथा सांगेतीक कार्यक्रम गरेको छ । अफठ्यारोमा परेका जनता, राष्ट्र र राष्ट्रियताको मुक्तिका लागि संगीत अभियात्रा अभियानले देशका प्रमुख शहरहरुमा सांस्कृतिक कार्यक्रम गर्दै हिडेको छ ।
राष्ट्रका लागि संगीत अभियात्रा यही चैत्र ४ गते धनगढीबाट शुरु भएको थियो ।

राजनीतिक दल र समाजलाई सांस्कृतिक रुपान्त्रणका लागि कम्युनिष्ट आन्दोलनलाई सहयोग पुराउने उद्वेश्यले राष्ट्रका लागि संगीत अभियात्रा अभियान सञ्चालन गरिएको हो ।
बुटवलमा आयोजित सांस्कृतिक कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका पूर्व अध्यक्ष जनगायक जीवन शर्माले जनवादी गीत र नृत्य प्रस्तुत गरेका थिए ।

एक दिने उक्त सांस्कृतिक कार्यक्रममा जनवादी गायक जीवन शर्मासहित मणि थापा, उदय श्रेष्ठ, चिरन पुन, कर्ण विद्रोही, निलिमा पुन, प्रगति महरा, मोहित श्रेष्ठ, नारायण शर्मा, कुश्मिता दर्लामी, उदय रिजाल, सन्ध्या मगर, कविता पुन, लक्ष्मण पाख्रीन, अनु शर्मा, निशा बुढा मगर लगायतका कलाकारहरुको आआफ्ना गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
यस अघि धनगढी, सुर्खेत, घोराहीमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिसकिएको छ ।

आगमी बैशाख ५ गते काठमाण्डौको प्रज्ञाभवनमा राष्ट्रका लागि संगीत अभियात्राको समापन गरिने कार्यक्रम रहेको छ ।