पैसाको लोभमा आफ्नालाई मात्र चिने सांसदहरुले सर्मथकलाई चिनेनन्


बुटवल, चैत्र २८ गते । संघीयदेखि प्रदेश सांसदहरुले आफ्ना घरका र नातापातालाई मात्र स्वकीय सचिवमा नियुक्त गरेका छन् । पैसाको लोभमा आफ्ना नातागोतालाई स्वकीय सचिवमा राख्ने सांसदहरुको वानी नयां होइन पुरानै हो ।
ऐन,कानुनले आफ्नालाई स्वकीय सचिवमा नियुक्त गर्न रोकेको छैन । तर अधिकांस सांसदहरुले आफ्नालाई मात्र स्वकीय सचिवमा नियुक्त गरेपछि अहिले सांसदहरुको चौतर्फी रुपमा आलोचना भैरहेको छ ।

लुम्बिनी प्रदेशका सांसदले पनि आफ्नै नातागोतालाई स्वकीय सचिवमा नियुक्त गरेपछि सार्वजनिक रुपमा नै नागरिकस्तरबाट सांसदहरुको आलोचना भैरहेको छ ।
सार्वजनिक सेवा प्रवाह, निर्वाचन क्षेत्रका चासो, संसदमा प्रस्तुत कानुनका मस्यौदामाथि दृष्टिकोण बनाउन सहयोगी हुने गरी हरेक सांसदले स्वकीय सचिव राख्न पाउने व्यवस्था छ । तर सांसदहरुले पैसाको लोभमा आफन्तलाई मात्र नियुक्त गरेर स्वकीय सचिवको अस्तित्व घटाउने काम गरेका छन्, भने आफ्नो पनि अस्तित्वपनि गुमाएका छन् ।
आर्थिककै लोभमा लुम्बिनी प्रदेशका २० बढी सांसदले आफ्ना परिवारका सदस्य र नजिकका नातापातालाई मात्र स्वकीय सचिवमा नियुक्त गरिसकेका छन् ।
समानुपातीक सांसद रुपन्देहीकी शान्ती लोधले आफ्नो स्वकीय सचिवमा छोरा रामचन्द्र लोधलाई राखेकी छन् ।
रुपन्देहीबाट समानुपातिक सांसद भगवती कुमारी थरुनीले छोरी पुजा केवटलाई स्वकीय सचिवमा राखेका छन् ।
देवीप्रसाद चौधरीले श्रीमति मिना चौधरीलाई स्वकीय सचिव बनाएका छन् ।

रुपन्देहीका सांसद भोजप्रसाद श्रेष्ठले भतिज किशोर श्रेष्ठलाई स्वकीय सचिवमा नियुक्त गरेका छन् ।
जनमत पार्टीबाट निर्वाचित रुपन्देहीकै चन्द्रकेस गुप्ता (सिके)ले भाइ पवन गुप्तालाई स्वकीय सचिवमा राखेका छन् ।
त्यसैगरी रुपन्देहीबाट समानुपातिक सांसद गिता गुरुङले भान्जा अर्जुन गुरुङलाई स्वकीय सचिवमा राखेका छन् ।
यस्तै बांकेकी समानुपातिक सांसद अम्बिका काफ्लेले आफ्नी दिदी विना काफ्लेलाई स्वकीय सचिव राखेकी छन् ।
दाङबाट निर्वाचित अनुराग खड्काले भतिज प्रशान्त खड्कालाई स्वकीय सचिवमा राखेकी छन् ।
दाङबाट समानुपातिक सांसद रेखा कुमारी शर्माले छोरी निरा शर्मालाई स्वकीय सचिवमा राखेकी छन् ।
त्यस्तै प्युठानबाट प्रत्यक्ष निर्वाचित सांसद सरोज थापाले श्रीमती उपमा केसीलाई स्वकीय सचिवमा नियुक्त गरेका छन् ।
कपिलबस्तुबाट निर्वाचित अजुर्नकुमार केसीले श्रीमति सरला केसीलाई स्वकीय सचिवमा राखेका छन् ।
कपिलबस्तुबाटै निर्वाचित मधुसुदन हरण चौधरी कुर्मीले राजेश कुर्मीलाई, नवलपरासी पश्च्मिका विश्वप्रेम पाठकले छोरी शान्ति पाठकलाई स्वकीय सचिवमा राखेकी छन् ।
अर्घाखांचीबाट निर्वाचित रामजी घिमिरेले स्वकीय सचिवको रुपमा आफ्ना छोरा शिसिर घिमिरेलाई राखेका छन् ।
बांकेकी शुशिला वादीले आफ्ना श्रीमान प्रकाश बादीलाई स्वकीय सचिब वनाएका छन् ।
बर्दियाबाट निर्वाचित सांसद राजकुमार चौधरीले काका हलिराम चौधरीलाई स्वकीय सचिवमा राखेका छन् ।
बर्दियाबाट समानुपातिक सांसद बन्नुभएकी कृष्णा कुशमा थारुले भजित जितेन्द्र थारुलाई स्वकीय सचिव वनाएकी छन् ।
नेकपा माओवादीका संसदीय दलका नेता जोखबहादुर महराले आफ्नो भजित लुङबहादुर महरालाई स्वकीय सचिवमा नियुक्त गरेका छन् ।
त्यस्तै रुकुमकी दिलकुमारी बुढाले दाईकी छोरीलाई राखेकी स्वकीय सचिब नियुक्त गरेका छन् ।