संघीयता विरोधीलाई मलजल गर्न हुदैन – मुख्यमन्त्री

बुटवल, बैशाख २ गते । मुलुकमा अस्थिरता निम्त्याउनेहरुले संघीयता विरोधी अभियान चलाउन थालेको बताएका छन् । उनले संघीयता विरोधी र अस्थिरता निम्त्याउनेहरुलाई मलजल हुने गरी गतिविधि नगर्न आग्रह गरेका छन् ।

बुटवलमा शनिबार सम्पन्न प्रेस चौतारी नेपाल रुपन्देहीको २४ औं वार्षिक साधारणसभामा बोल्दै मुख्यमन्त्री गिरीले संघीयता विरोधीलाई मलजल गर्न नहुने बताए ।
मुख्यमन्त्री गिरीले सिंगो मिडिया क्षेत्र राष्ट्रियताको पक्षमा नरहेको दावी गरे । उनले मुलुकमा बिदेशी हस्तक्षेप बढेको र राष्ट्रियता संकटमा परिरहेका बेला मिडिया क्षेत्र राष्ट्रियताको पक्षमा नरहेको आरोप लगाए ।


देशको राष्ट्रियता गुम्ने खतरा रहेको बताउंदै मुख्यमन्त्री गिरीदले भने –मिडियाले राष्ट्रियताको पक्षमा दह्रो वकालत गरेर जनमत बनाउनु पर्छ । एमाले नेतृत्वको सरकारले राष्ट्रियताको पक्षमा गरेका राम्रा कामको समेत मिडियाले प्रचार नगरेको मुख्यमन्त्री गिरीले गुनासो गरेका छन् ।
राजनीतिलाई व्यक्तिगत स्वार्थमा प्रयोग गर्नेहरुका कारण देश अस्थिरतातर्फ धकेलिएको बताए । वामपन्थी दलहरु विभाजित हुंदा राष्ट्रियता कमजोर भएको बताउंदै उनले भने – केही दलहरु वामपन्थीको नाममा विदेशी शक्तिको स्वार्थपूर्तिमा लागेक छन् ।

उक्त कार्यक्रममा नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसी, एमाले नेताहरु डिआर घिमिरे, मोहन चापागाई, हितराज पन्थी, प्रेस चौतारीका केन्द्रीय सचिव प्रदीप आचार्य, प्रेस चौतारीका नेताहरु शेरबहादुर केसी, इन्दिरा अर्याल, अमृत गिरी, निरु गौतम लगायतले बोलेका थिए ।

प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलको अध्यक्षता, उपाध्यक्ष विपी गौतमको स्वागत र उपाध्यक्ष भगवती पाण्डेको धन्यवाद ज्ञापन र सचिव केशव भण्डारीको संचालनमा कार्यक्रम भएको थियो ।

साधारणसभामा प्रेस चौतारीका केन्द्रीय सदस्य टोपराज शर्माले पे्रस चौतारी रुपन्देहीले स्थापना गरेको पत्रकार कल्याणकारी कोषका लागि २५ हजार ५ सय २५ रुपैयांको चेक हस्तान्तरण गरेका थिए ।

उक्त साधारण सभामा कोषाध्यक्ष दिनेश श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।