रुपन्देहीको तिलोत्तममा एक युवाको हत्या

बुटवल, असोज २ गते । रुपन्देहीको तिलोत्तमामा छुरा रोपेर एक युवाको हत्या भएको छ । ३ जना घाइते भएको प्रहरीले बताएको छ । सोमबार साँझ दुई समूहबीच विवाद हुँदा तिलोत्तमा–९ मा उक्त घटना भएको हो । प्रहरकिा अनुसार घटनामा मकवानपुर हेटौंडाका २४ वर्षीय सुरेश साङताङको मृत्यु भएको हो ।

यसैगरी घाइते हुनेहरुमा काठमाडौं महानगरपालिका–१ का विकास वाईवा, मकवानपुर गढी गाउँपालिका–६ का राजु तामाङ र मकवानपुरकै हस्ता सिंह रहेका छन् । घाइतेहरुलाई थप उपचारका लागि यूनिभर्सल मेडिकल कलेज भैरहवा पठाइएको प्रहरीले बताएको छ ।

घटनामा संलग्न भएको आरोपमा १३ जनालाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी गराएका छन् ।