विशेष कार्यक्रमका साथ आज संविधान दिवस मनाइदै

बुटवल, असोज ३ गते । आज असोज ३ गते, विधान दिवस २०८० । आज देशभर विभिन्न कार्यक्रम गरी नवौं संविधान दिवस मनाइदै छ । देशभरका सरकारी तथा नीजि कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, संघसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउंदै छन् ।

संविधान दिवसको अवसरमा आज सरकारले सार्वजनिक विदा घोषणा गरेको छ । स्थानीय तह र प्रदेश तहको निर्वाचनपछि प्रदेश तहमा सरकार संचालन भईसकेका छन् । नेपाली जनताद्धारा निर्वाचित जनप्रतिनिधीद्धारा लेखिएको नयां संविधान २०७२ लागु भएको छ । सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले बिबिध कार्यक्रमको गरी आज संविधान दिवस मनाउंदै छन् ।

संविधान दिवशका अवसरमा संघ सस्थाहरुले सरसफाई रक्तदान, सहयोग सहितका बिभिन्न कार्यक्रमहरु आयोजना गरेका छन । संविधान दिवसका अवसरमा राष्ट्रपती रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशवासीका नाममा शुभकामना सन्देश दिएका छन् ।

संविधान दिवसकै अवसरमा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र मुख्यमन्त्री डिल्ली चौधरीले शुभकामना सन्देश दिएका छन् ।
प्रदेश बासीहरुको नाममा जारी गरिएको शुभकामना सन्देशमा प्रदेश प्रमुख अमिक शेरचनले राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनको लागि भएको बलिदानीपूर्ण आन्दोलनका सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

यस्तै मुख्यमन्त्री डिल्ली चौधरीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीवहिनी दाजुभाइहरुप्रति सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।