ढिस्कोले पुर्दा प्यूठानका युवक गुल्मीमा मृत्यु

 

बुटवल, असोज ७ गते । गुल्मीमा घर बनाउने क्रममा ढिस्कोले पुर्दा प्यूठान गौमुखिका १७ वर्षीय डोरबहादुर घर्तीको मुत्यु भएको छ ।

गुल्मीको रेसुङा नगरपालिका वडा नम्वर ३ भाडगाउंमा शेरबहादुर बेलबासेको निर्माणधिन घरको माथिबाट पहिरो खस्दा मजदुर काम गर्ने प्युठान गौमुखी गाउंपालिका ३ का १७ वर्षीय डोरबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी गराएका छन् ।

प्रहरीका अनुसार पहिरोमा परी घरधनी ७९ वर्षका शेरबहादुर बेलबासे र प्युठान गौमुखी गाउंपालिका ३ का २४ वर्षीय टेकबहादुर घर्ती घाइते भएका छन् । शवलाई पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा पठाईएको र पोष्टमार्टम पश्चात आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

घाइतेहरुको गुल्मी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ । घटनाका बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।