मगर महिला सममुहको साधारण सभा तथा अधिवेशन

बुटवल, असोज १३ गते । बुटवल १७ मोतिपुर मगर महिला सममुह शिवनगरको छैठौं साधारण सभा तथा दोस्रो अधिवेशन भएको छ ।

मगर महिला समुहको शनिबार साधारण सभा तथा अधिवेशन सम्पन्न भएको हो । उक्त साधारण सभा तथा अधिवेशनमा बोल्ने वक्ताले सबै वर्ग, समूदाय, जातजातीको भेषभुषा र संस्कृति संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल चारजात छत्तिस वर्णको साझना फुलवारी भएकाले सबैका भाषा, भेषभुषा र संस्कृतिको संरक्षण गर्ने दायित्व राज्यको भएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष ज्ञानबहादुर रेश्मीले गाउंघरको विकास र सबैका भाषा, भेषभुषा संरक्षणका लागि सबैसंग सहकार्य गर्ने प्रतिवद्वता जनाउनुभयो । उहांले सार्वजनिक जग्गा माग्न धेरै समूह र संस्थाहरु आएको बताउंदै वडा कार्यालयले सार्वजनिक जग्गा कसैलाई नमिल्ने बताए ।
पूर्व वडा अध्यक्ष सन्तबहादुर राना मगरले वडा नम्बर १७ को विभिन्न ठाउंमा सुकुम्वासीको नाममा बसोवास गर्दै आएकाहरुले जोतभोग गरेको जग्गाको लालपूर्जा उपलब्ध गराउन पहल गर्ने प्रतिवद्वता जनाए ।

कार्यक्रममा जनप्रतिनिधि रामप्रसाद न्यौपाने, तुल्सीराम न्चौधरी, मगर समाजकी अध्यक्ष राधिका गलामी मगर, मनकामना टोल विकास संस्थाका अध्यक्ष चन्द्रबहादुर घर्ती, जनशक्ति टोल विकास संस्थाका सचिव भेषराज पौडेल, मभहिला मगर संघकी अध्यक्ष श्याममांया राना लगायतले बोल्दै आआफ्ना धारणा राख्नुभएको थियो । मोतिपुर मगर महिला सममुह शिवनगरकी अध्यक्ष कृष्णकुमारी दर्लामीको अध्यक्षता, सचिव रञ्जना सिंजालीको सञ्चालन र सुशीला बगालेको स्वागतमा कार्यक्रम भएको हो ।

उक्त साधारण सभा तथा अधिवेशनमा अध्यक्ष कृष्णकुमारी दर्लामीले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष भुनुमांया सिंजालीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।