मजदुर वर्गको हितमा श्रमिक ऐन बन्छ – सभामुख

बुटवलमा मनाईयो विश्व ट्रेड युनियन महासंघको स्थापना दिवस

बुटवल, असोज १३ गते । श्रम शोषणको अन्त्य गरी श्रमिक तथा मजुरहरुका अधिकार सुनिश्चित गर्न सरोबकारवालाले सरकारसंग माग गरेका छन् । श्रम शोषणमा परेको श्रमिक वर्गले काम अनुसारको दाम नपाएको बताउंदै टे«ड युनियन अधिकार कुण्ठित र श्रम शोषण गर्ने कार्य बन्द हुनुपर्ने उनीहरुको भनाइ छ ।

विश्व ट्रेड युनियन महासंघको ७८ औं स्थापना दिवसको अवसरमा शनिबार बुटवलमा आयोजित कार्यक्रममा बोल्ने वक्ताले नेपालमा व्यवस्था परिवर्तन भएपनि व्यवस्था परिवर्तन गर्ने मजदुर वर्गको अवस्थामा परिवर्तन आउन नसकेको गुनासो गरका छन् । देश बनाउने श्रमिक वर्गको सम्मान नहुंदासम्म मुलुकमा भएको व्यवस्था परिवर्तनले सार्थकता नपाउने उनीहरुको तर्क छ ।

सोही कार्यक्रममा बोल्दै लुम्बनी प्रदेशका सभामुख तुलाराम घर्तीले मजदुर वर्गको हितमा श्रमिक ऐन बनाउनु पर्ने बताए । मजदुर वर्गको हितका लागि लुम्बिनी प्रदेशमा श्रमिक ऐन बनाउने आश्वासन दिंदै सभामुख घर्तीले भने – श्रमिक वर्गको हितमा तीनै तहका सरकारले श्रमको सम्मान गर्नुपर्छ ।
ट्रेड युनियनका मागहरु सम्बोधन हुनुपर्ने बताउंदै लुम्बिनी प्रदेश सरकारले सबै क्षेत्रका श्रमिकलाई सम्बोधन गर्ने प्रतिवद्वता जनाउंदै लुम्बिनी प्रदेशमा कर्मचारी ऐन बनाएर कर्मचारीहरुका माग सम्बोधन गरिने बताए ।वैज्ञमनिक समाजवादमा मात्र उत्पीडित बर्गको अधिकार स्थापित हुने बताउदै सभामुख घर्ती मगरले नेपालले संविधानमै त्यसको परिकल्पना गरेको बताए । सभामुख घर्तीले अहिलेको संविधान तुलनात्मक प्रगतिशील भएको बताउदै संविधानमा उल्लेख भएको समाबादबाट नेपाल अघि बढ्ने दावी गरे ।

विश्व ट्रेड युनियन महासंघ समन्वय समिति नेपालका महासचिव लोकराज भुसालले श्रमिकहरुका अधिकार सुनिश्चित नहुंदासम्म विश्व टे«ड युनियन महासंघले आन्दोलन जारी राख्ने बताए । साम्राज्यवाद र पूंजीवादी शोषणका विरुद्व श्रमिकहरु एकजुट हुनुपर्ने बताउंदै अब श्रमिक वर्गले सधैभर पूंजीवादीको अन्याय सहन नसक्ने बताए ।

उनले विश्व साम्राज्यवाद र पूंजीवादले युद्व, हत्या, हिंसा र आतंकबाट सृजित समस्या र नवउदारबादका नाममा श्रमिकहरुमाथि भैरहेको शोषणका साथै पेशागत असुरक्षाबाट श्रमिक वर्गलाई मुक्ती दिलाउन संसारभरका मजदुर एक हुनुपर्ने अवस्था आएको उनको तर्क छ ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेकाले मजदुर बर्गको आन्दोलन पनि ओझेलमा परेको बताए ।

राष्ट्रिय जनमोर्चाका केन्द्रिय सल्लाहकार बद्रे आलमले प्रमुख अन्तर बिरोध साम्राज्यवादीसंग भएको बताउदै उत्पादनमा योगदान दिने मजदुर वर्गको हितमा सरकारले श्रमिक ऐन बनाएर श्रमिकहरका माग सम्बोधन गर्नुको अर्को विकल्प नभएको बताए ।

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादीका केन्द्रिय सदस्य सिद्धीचरण भट्टराईले कम्युनिष्ट आन्दोलनको अवस्था र नेपाली समाजको अवस्थाको विश्लेषण गरेपछि मात्र दलाल पूंजीवादसंग लड्न सकिने बताउंदै श्रमिक वर्गको पषमा ट्रेड युनियन आन्दोलनलाइ सशक्त बनाउनु पर्नेमा जोड दिए ।

नेकपा क्रान्तिकारीका नेता राजु भुजेलले नेकपा क्रान्तिकारीका नेता राजु भुजेलले अहिले सम्मका सरकारहरुले श्रमिक वर्गको हितमा श्रमिक ऐन बनाउन नसकेो बताउंदै वर्ग संर्घषलाई समन्वयमा लगि टुंगो लगाउंदा श्रमजीवि वर्ग विस्थापित हुंदै गएको बताए ।

 

कार्यक्रममा नेपाल राष्ट्रिय कर्मचारी महासंघका सचिव कृष्ण बन्जाडे, पेशागत महासंघका रुद्रलाल उपाध्याय, अखिल नेपाल ट्रेड युनियन क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य भिमलाल काफ्ले, मिनप्रसाद ज्ञवाली लगायतले बोल्दै मजदु वर्गले अधिकार नपाउंदासम्म टे«य युनियन आन्दोलन जारी राख्नु पर्ने बताए ।

विश्व ट्रेड युनियन महासंघको ७८ औं स्थापना दिवसको अवसरमा विश्व ट्रेड युनियन लुम्बिनीले शनिबार बुटवलमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।