संघीयता सुदृढ भएन – माओवादी नेता पुन

माओवादी नेतृत्व र नेता रुपमान्त्रण आवश्यक

बुटवल, असोज १४ गते । नेकपा माओवादी केन्द्रका स्थायी समितिका सदस्य गणेशमान पुनले माओवादीको नेतृत्व र नेता रुपमान्त्रण हुनुपर्ने बताएका छन् । लामो समयसम्म माओवादी पार्टी जनतामा जान नसकेको बताउंदै अब माओवादी सच्चिएर अघि बढ्ने दावी गरे ।

नेकपा माओवादी केन्द्र रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दैे नेता पुनले माओवादीको जनतासंग सम्बन्ध सुदृढ हुन नसकेको स्वीकार गरेका छन् । पार्टी फुट र जनतामा जान नसकेका कारण नेकपा माओवादी केन्द्र कमजोर भएको स्वीकार गर्दै उनले भने – अब हामी जनतामा जान्छौ ।

उनले माओवादी धारका पार्टीलाई एकतावद्व गरेर सबै कम्युनिष्ट पार्टीबीच एकता आवश्यक रहेको बताए ।
माओवादीका कारण भएको परिवर्तनालाई जनतामा लान नसकिएको बताउंदै जनतासंग माओवादी रुपान्त्रण अभियानलाई निरन्तरता दिएर जनतासंग सम्बन्ध सुधार गर्ने उनले बताए । पार्टी संगठनलाई चलायमान बनाउन युवाहरुलाई राजनीतिमा ल्याउन राजनीतिक प्रशिक्षण आवश्यक रहेको बताउंदै पार्टीमा पनि अब युवा नेतृत्व आवश्यक रहेको बताए ।

उनले संघीयतालाई सुदृढ गर्न नसकिएको स्वीकार गर्दै प्रदेश सञ्चालनमा प्राक्टिकलको कमीले समस्या आएको बताउंदै केन्द्रले प्रदेशलाई अधिकार दिनुपर्नेमा जोड दिए । सरकारको बचाउ गर्दै उनले भने – सरकार सुशासनको पक्षमा काम गरेको छ । मुल्यवृद्वि समस्याको विषय बनेकाले मुल्यवृद्वि घटाउन छलफल भैरहेको उनको भनाइ छ ।

पूर्व मन्त्रीसमेत रहेका नेता पुनले स्थानीय मुद्वामा केन्द्रित भएर अर्थतन्त्र र उत्पादनको क्षेत्रमा बहस चलाउने बताए ।
रुपन्देहीमा रहेका प्राकृतिक, सांस्कृतिक, युद्व सम्पदाहरुको संरक्षण गरी विकास गर्ने गरी कार्यक्रम ल्याउने र सामूदायिक विद्यालय सुधारका लागि कार्यक्रम चलाउने बताए ।

जनतासंग माओवादी रुपान्त्रण अभियानको दौरानमा रुपन्देहीमा १ सय २ वटा वडामा अभियान उद्घाटन गरिएको बताउंदै १ सय ५० बढी नयां संगठन निर्माण भएको जानकारी गराए ।

नेकपा माओवादी रुपन्देहीका संयोजक निर्मल जीसीको सञ्चालनमा कार्यक्रम भएको थियो ।