५.३ म्याग्निच्युडको भूकम्प, बझाङमा केही घरमा क्षती

बुटवल, असोज १६ गते । बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । मंगलबार दिउँसो २ बजेर ४० मिनेट जाँदा बझाङको तलकोट केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ । लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेशका  जिल्लाहरुमा भूकम्प गएको महसुस भएको छ ।

बझाङमा केही घरमा क्षति पुगेको प्रारम्भिक जानकारीमा आएको छ, बझाङको दुर्गाथलि गाउँपालिका–२ स्थित महालिङ्ग आधारभुत विद्यालयको भवन भत्केको खबर छ । मानविय क्षतिको भएको जानकारीमा आएको छैन ।
भुकम्पको झटका भारतको राजधानी नयाँदिल्लीमा पनि महशुश गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।