सेना परिचालनपछि नेपालगञ्जको अवस्था सामान्य बन्दै

नेपालगञ्ज, असोज १६ गते । बांकेको नेपालगञ्जमा हिन्दू र मुस्लिम समूदायबीच दंगा भड्कने अवस्था आएपछि नेपाली mसेना परिचालन गरिएको छ । अवस्थालाई सामान्य बनाउने उद्वेश्यले स्थानीय प्रशासनले कर्फ्यू लगाएसंगै सेना परिचालन गरिएको हो ।

मोहम्मद डेको दिन नेपालगञ्जलका एक स्थानीयले सामाजिक सञ्जालमा इस्लाम धर्मलाई लक्षित गरेर अभिव्यक्ति दिएपछि नेपालगञ्ज अशान्त अवस्था सिर्जना भएको हो । अहिले सेना परिचालन गरेपछि अवस्था सामान्य हुंदै गएको नेपालगञ्जका पत्रकार तिलक गनाउंलेले बताएका छन् ।