आममाफी दिनु गलत – समाजवादी

नेकपा एकीकृत समाजवादीले रुपन्देहीमा कार्यक्रम गर्ने

बुटवल, असोज १९ गते । नेकपा एकीकृत समाजवादी पार्टीले मेची– महाकाली समाजवादी जागरण अभियान सञ्चालन गरेको छ । यही असोज १४ गतेदेखि मेची– महाकाली समाजवादी जागरण अभियान सञ्चालन गरेको नेकपा एकीकृत समाजवादी पार्टीले रुपन्देहीको बुटवल, भैरहवा र जिल्लाको विभिन्न ठाउंमा सभा, अन्तरक्रिया गर्ने गर्ने कार्यक्रम तय गरेको

शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी मेची– महाकाली समाजवादी जागरण अभियान अन्तरगत असोज २१ गते भैरहवा र २२ गते बुटवलमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको सो पार्टीका रुपन्देही कार्यवाहाक अध्यक्ष श्रीराम यादवले जानकारी गराए ।

बुटवलमा हुने अन्तरक्रिया तथा जनसभालाई पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसालसहितका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको कार्यवाहक अध्यक्ष श्रीराम यादवले बताए ।

सोही पत्रकार सम्मेलनमा बोल्दै नेकपा एकीकृत समाजवादी पार्टीका सचिव हरि पराजुलीले अभियान शुरु भएपछि पार्टीमा जनताको आर्कषण बढेको दावी गरेका छन् ।
अभियानका क्रममा कोशी र मधेश प्रदेशका विभिन्न जिल्लामा एमाले, कांग्रेस, माओवादीलगायत पार्टीका साढ़े तीन हजार नेता कार्यकर्ता एकीकृत समाजवादीमा समाहित भएको उनको दावी छ । उनले नेकपा एकीकृत समाजवादी पार्टीसंग १० वर्ष भित्रमा देशलाइ सम्वृद्व बनाउन सक्ने योजना रहेको बताउंदै आगमी महाधिवेशनमा उक्त योजना घोषणा पत्रबाट सार्वजनिक गरिने बताए ।

नेपालमा रोजगारी सिर्जना गरी सम्वृद्वि र शुसासनका लागि पार्टीले मेची– महकाली समाजवादी जागरण अभियान सञ्चालन गरेको बताए ।
पूर्वमन्त्रीसमेत रहेका सचिव पराजुलीले कृषिबाट देशमै स्वरोजगार दिन सकिने उल्लेख गर्दै उनले भने – कृषिलाई प्राथमकितामा राखेर काम गरे युवाहरु विदेश जानबाट रोक्न सकिनछ ।

देशभित्र भएका फलाम खानीहरु सञ्चालन गरेर स्टिल फर्निचर सञ्चालन गरी देशलाई आर्थिक सम्वृद्वि बनाउन सकिने तर्क गरे । उनले संविधान दिवसको अवसरमा अदालतले जघन्य अपराधी ठहर गरेको व्यक्तिलाइ राष्ट्रपतिले आममाफी दिनु गलत भएको बताउंदै नेकपा एकीकृत समाजवादी पार्टीले उक्त कार्यको बिरोध गरेको र राष्ट्रपतिको कदम गलत छ उनले भने ।

पूंजीवादी संसदीय व्यवस्थामा क्याबिनेट प्रधानमन्त्रीको हुने भएकाले प्रधानमन्त्रीको निर्णलाई राष्ट्रपतिले स्वीकार गरेपनि अदालतले जघन्य अपारध ठहर गरेको व्यक्तीलाई आममाफी दिनु गलत भएकाले हाम्रो पार्टीले उक्त आममाफी दिने राष्ट्रपतिको निर्णय गलत भएको भन्दै बिरोध गरेको बताए ।

 

नेकपा एकीकृत समाजवादी पार्टीले यही असोज १४ गते मेचीदेखि शुरु गरेको समाजवादी जागरण अभियान २५ गते महाकाली पुगेर समापन हुने छ ।