उधोग उपाध्यक्षमा जिताउन सुरज भट्टराईको आग्रह

बुटवल, असोज २० गते । बुटवल उधोग वाणिज्य संघ रुपन्देहीको ७० औं साधारण सभा तथा २५ आधिवेशनबाट सर्वसम्बत रुपमा नयां नेतृत्व चयन हुन नसकेपछि निर्वाचन हुने निश्चित भएको छ । नेतृत्व सर्वसम्बत हुन नसकेपछि संघमा निर्वाचन पक्रियासमेत शुरु भएको छ ।

यही असोज १९ गते शुक्रबार ७० औ साधारण सभा तथा २५ औं अधिवेशनको खुल्ला सत्र सम्पन्न भएको छ । तर नयां नेतृत्वका लागि सहमति नभएपछि यही असोज २२ गते निर्वाचन हुदै छ । निर्वाचन पक्रिया शुरु भएको संघमा शनिबार मनोनयन दर्ता भएको छ ।

बुटवल उधोग बाणिज्य संघमा युवा उद्योगी सुर भट्टराईले उधोग उपाध्यक्षमा मत मागेका छन् । संघको उधोग उपाध्यक्षमा जिताउन उधोगी भट्टराईले संघमा आवद्द सबै सदस्यहरुसंग अपिल गरेका छन् ।

औषधि व्यवसायी संघ रुपन्देहीका निवर्तमान अध्यक्ष उधोगी सुरज भट्टराईले रुपन्देहीको बुटवलमा रहेर उधोग क्षेत्रमा लामो समयदेखि क्रियाशील छन् ।

व्यवसायी माझ सरल व्यक्तित्वको पहिचान बनाउन सफल भट्टराईले दुई कार्यकाल उद्योग बाणिज्य संघको कार्यसमिति पदमा रहेर उत्कृष्त कार्यसम्पादन गर्न सफल भएका छन् ।
ग्रेस फार्मास्युटिकल्स प्रालिका प्रबन्ध निर्देशक रहेका सुरज भट्टराईले उधोगी व्यवसायिका समस्या आफुले नजिकबाट राम्रोसंग बुझेको र त्यसको समधान गर्न आफु योग्य भएकै कारण उधोग उपाध्यक्षमा उम्मेदवारी दिएको बताए सुरज भट्टराईले ।

औषधि व्यवसायी संघ रुप्न्देहीमा अध्यक्ष रहदा संस्थालाई गतिशिल बनाउंदै व्यवसायीक एकता कायम गरेका भट्टराई अन्य विभिन्न संघ संस्थामा रहेर काम गरेका अनुभव छ ।

वित्तिय क्षेत्रमा पनि उत्तिकै चासो राख्ने भट्टराई २ हजार भन्दा बढि सदस्य रहेको जनकल्याण सहकारीको अध्यक्ष हुन ।

व्यवसायीलाई परेका हरेक समस्यामा साथ दिदै आएका भट्टराई उधोगी व्यवसायी माझ मिलनसार, भद्र, सफल व्यक्तित्व, योजना तर्जुमा गर्न सक्ने क्षमता भएका युवा उधोगी हुन् सुरज भट्टराई ।

व्यवसायीका समस्या बुझेर त्यसको समधानका लागि पहल गर्ने प्रतिवद्दता जनाउंदै उनले भने – नीतिगत समस्याका कारण उधोगीहरु समस्यामा परेकाले त्यसको गांठो फुकाएर उधोगीलाई राहत प्रदान गर्ने छु । त्यसैले पनि उद्योगी व्यवसायीको साथ मलाई चाहिएको छ र मलाई जिताउनुको अर्को विकल्प छैन उनले भने ।

औषधि उत्पादकहरुको संस्था एम्पानको केन्द्रीय सल्लाहकारसमेत रहेका भट्टराई १२ बर्ष देखि क्रिमशन अस्पताल र क्रिमशन कलेजको सञ्चालक समितिमा छन् । उनले उद्योगको अलवा २८ बर्षदेखि बुटवलमा सनराईज मेडिसिन सप्लार्यस समेत सञ्चालन गरेका छन् ।
असोज १९ गते देखि सुरु हुन लागेको ७० औं साधारण सभा एवं २५ औं अधिबेशनमा यस पटक दिनेशप्रसाद श्रेष्ठ र हरि अर्याल प्यानलबीच निर्वाचन हुंदै छ ।