बुटवललाई चलायमान बनाउंन मेरो टिमले जित्नु पर्छ – अर्याल

बुटवल उद्योग बाणिज्य संघको ७० औं साधारणसभा तथा २५ औं अधिवेशनबाट नेतृत्व चयनमा सहमति नभएपछि निर्वाचन हुने भएको छ । निर्वाचनको प्रक्रिया अनुसार शनिबार मनोनयन दर्तासमेत भएको छ । यही असोज २२ गतेसम्म बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ । नेतृत्वका लागि हरिप्रसाद अर्याल र दिनेश श्रेष्ठको दुई वटा प्यानल बनाएर चुनावी मैदानमा आएका छन् । यही असोज १९ गते शुक्रबार साधारण सभा तथा अधिवेशनको खुल्ला सत्र सम्पन्न भएको थियो ।

निर्वाचनको दौरानमा घरदैलोको अभियानमा अध्यक्षका उम्मेदवार हरिप्रसाद अर्यालसंग नयांदिशासंग भएका केही कुराकानी ।

यहांको प्यानलको निर्वाचनको तयारी के कस्तो छ?
प्रश्नका लागि नयांदिशा र पत्रकार श्याम जीलाइ धन्यबाद । हामी र मैले नेतृत्व गरेको प्यानल अहिले उधोगी व्यवसायीको घरदैलोमा भेटघाट छ । हामी पूर्ण तयारीमा छौ, निर्वाचन जित्ने गरी सबै उधोगी, शुभचिन्तकहरुसंग सरसल्लाहा लिने गरेका छौ । उधोगीका समस्यासंग रहेर चुनावी अभियानमा लागेका छौ र छु ।

गत निर्वाचनमा यहांले चुनाव हार्नुभएको थियो । अहिले जित्न सक्नुहुन्छ त ?

मलाइ र मेरो नेतृत्वको टिमले अहिले चुनाव जित्छ र हामीलाई बुटवल उधोग वाणिज्य संघमा आवद्द भोटर सदस्य उधोगीहरुको पुरापुर साथ छ । हामी चुना जित्छौ ।

चुनावी एजेण्डा के छन् ?

हामीसंग मुख्य गरी उधोगीले भोग्दै आएका समस्या समाधान गर्ने उजेण्डा छन् । एजेण्डाका हिसावले बुटवलको बजारलाई व्यवस्थापन गर्ने कुराहरु, नगरपालिकासँग सहकार्य गर्ने कुराहरु, घर धनि र व्यवसायीहरु विच सुमधुर सम्बन्ध स्थापित गर्ने कुराहरु, सरकारको कर राजश्व र मैद्रिक नीति सम्बन्धी कुराहरु नै अहिले बजार व्यारमा अलिकति असहज भएको छ ।

त्यसैको सहजिकरण गर्नका लागि पैरवी गर्न मैले विशेष पहल गर्ने छु । उद्योग वाणिज्य क्षेत्रमा काम गर्नेहरुले यसमा अरु गर्ने कुरा केही हुँदैन् आर्थिक गतिविधिहरुलाई कसरी चलायमान गर्न सकिन्छ । कसरी व्यवसायलाई संरक्षण गर्न सकिन्छ । अर्थतन्त्रलाई लयमा ल्याउने नै मेरो मुख्य एजेण्डा हुन् ।

बुटवलका उधोगी व्यवसायी अहिले विस्थापित हुंदै छन् । व्यवसायीलाइ स्थापित गर्ने एजेण्डा के छन् यहांसंग ।

म व्यवसायी विस्थापित भएको विषयमा बहुत चिन्तित छु । – बुटवलमा व्यवसायीक संस्थाहरुमा व्यवसायिक ‘नेचर’ तथा चरित्र कमजोर हुँदै जाँदा व्यवसायीक संस्था बढ्दै गइरहेको छ । उधोग वाणिज्य संघ जस्तो संगठनले व्यवसायिक चरित्रलाई स्थापित गर्न सक्नु पर्छ । व्यवसायिक एजेण्डाहरुलाई छलफल र बहस गर्नपनि सक्नुपर्छ । विस्थापित हुंदै गएका उधोगी व्यवासायीलाई स्थापित गर्ने र बुटवललाई पुरानै लयमा फर्काउने गरी हामीले काम गर्ने छौ । त्यसका लागि विशेष योजना बनाएर राज्य, सरकारसंग छलफल गर्ने छु ।

अहिले देखिएका व्यवसायीका समस्या एकता र सहकार्यबाट मात्रै सम्भव हुन्छ । म सबैसँग सहकार्य र एकता गरेर अहिले बुटवलको बजारमा देखिएको समस्या समाधान गरेर बजारलाई पुरानै लयमा फर्काउछु ।

 

बुटवललाई कसरी सम्भव छ पुरानै लयमा लैजान र चलायमान बनाउन ?

आर्थिक मन्दीले बुटवलमा मात्रै नभएर समग्र देशनै समस्यामा परेको छ । व्यवसायी समस्यामा छन् । राज्यको सही प्रकारको नीति नभएर पनि यस्तो भएको हो भन्नृ मेरो ठहर छ । राज्य र सरकारलाइृ उधोगमैत्री नीति नियम बनाउन दबाव दिएर सही प्रकार नीति निर्माणमा ममेरो प्रमुख भूमिका रहने छ ।
बुटवल समभावित शहर भएकाले पनि यहांको विकास र आर्थिक चलायमानका लागि अहिले बुटवलबाट पाल्पाको बसन्तपुरमा केवलकार सञ्चालन भएको छ । नुवाकोटको केवलकार संचालनको अन्तिम तयारीमा छ । हामीले मोतिपुर औद्योगिक क्षेत्र कुरा गरेका छौँ मोतिपुर औद्योगिक क्षेत्रको तत्काल कार्यान्वयनको तहमा लैजान पहल गर्छु । बुटवल पर्यटकीय षेत्रको पनि समभावित क्षेत्र भएको र हामीसंग जीतगढी, रामापिथेकश छ सबै क्षेत्रको विकासमा गति पैदा भएको छ । यसमा म र मेरो टिम पुरा लागेर बुटवललाई पुरानै ल्ययाउने छ ।

तपाइँले जित्न सक्ने आधार के– के हुन् ?

मेरो जित्ने आधार भनेको ममा इमान्दारीता छ । लामो समयसम्म व्यवायको क्षेत्रमा लागेको लामो अनुभव छ । सबै उधोगी व्यवसायीको साथ छ । बुटवल उद्योग वाणिज्य सँघमा १७७८ जना व्यवसायीको बिचमा म राम्रोसंग परिचित छु । पूर्व अध्यक्ष तथा पदाधिकारी र सदस्यहरुको साथ सहयोग पनि छ । म मिडियामैत्री पनि हु । मिडियाको पनि सहयोग छ ।

उद्योगिहरुसंग मत माग्दा कस्तो प्रतिकृया पाउनुभएको छ ?

मलाई उधोगी व्यवसायी साथिहरुले राम्रो मान्नुभएको छ । मत दिन्छौ भने प्रतिवद्दता जाहेर गनुृभउको छ ।