रोजगारी नहुंदा युवा विदेश पलायन – झलनाथ

 बुटवल, असोज २१ गते । नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा रोजगारी नहुंदा युवाशक्ति विदेश पलायन भएको बताउनतुभएको छ ।

समाजवादी प्रेस संगठन नेपाल, रुपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वुयाशक्ति विदेश पलायन हुनु मुलुकका लागि घातक भउको बताए ।

देश युवाबिहीन बढ्दै गएको चिन्ता गर्दै उनले भने– मुलुकमा रोजगारी बृद्धि, सुशासन, शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकीकरण लगायतलाई केन्द्रमा राखेर समाजवादी जागरण अभियान चलाइएको हो ।

नेता खनालले नेपालमा नयाँ ढङ्गको धु्रबिकरणको आबश्यकता रहेको बताउंदै वर्तमान पूंजवादी शाशन व्यवस्थाका कारण मुलुकले कोल्टे फेर्न नसकेको तर्क गरे ।

समाजवादमा जानका लागि आवश्यक परे विचार मिल्ने कम्युनिष्टहरु एक हुनुपर्ने र अहिलेको व्यवस्थाले आम नागरिकलाई भन्दा बढी विचौलिया, दलाललाइ संरक्षण गरेको बताए ।

व्यवस्था फेरिए पनि व्यवस्था अनुसार जनताको जीवनस्तरको अबस्था नफेरिएको बताउँदै समाजवादमा जाने कि पूंजीवादमै रमाउने भन्ने बिषयमा बहस चलाउनुपर्ने नेता खानालको भनाइ छ ।

समाजवादी पार्टीका उपमहासचिव एवं प्रचार बिभाग प्रमुख जगन्नाथ खतिवडाले जनताका प्रत्यक्ष भोगाईलाई लिएर मेची महाकाली यात्रामा निष्किएको बताए । उनले असोज १४ बाट शुरु भएको यात्रा भैरहवासम्म आउँदा झण्डै ५ हजार बढी स्वतन्त्र नागरिक र विभिन्न पार्टी छाडेर समाजवादी प्रवेश गरेको दावी गरे ।