सुशान र पारदर्शीताका लागि संघीयता बाधक

बुटवल, असोज २१ गते । पत्रकारिता विश्वासनीयता र जवाफदेही हुनुपर्ने सञ्चारकर्मीहरुले बताएका छन् । पत्रकारिता विश्वासनीयता र जवाफदेही नहुंदासम्म राज्यका निकायमा सुशासन कायम हुन नसक्ने र पारदर्शीता नहुने उनीहरुको तर्क छ ।

 

चांदनी नेपालले आइतबार बुटवलमा आयोजना गरेको अन्तरक्रियामा बोल्ने पत्रकारहरुले पत्रकारिता पेशा आफैमा राज्यको प्रतिपक्ष भएकाले राज्य तहबाटै सुशासन कायम गर्न जवाफदेही पत्रकारिता आवश्य रहेको बताए ।

तीनै तहका सरकारले संविधान कार्यानवयन नगरेको आरोप लगाउंदै सरकारी निकायहरुले सूचना दिन नमान्ने र सूचना लुकाउने गरेको पत्रकारहरुको भनाइ छ ।
सोही कार्यक्रममा बोल्दै पत्रकार महासंघका केन्द्रिय सदस्य भवानीप्रसाद पाण्डेयले पत्रकारितालाई मर्यादित र जवाफदेही बनाउन पत्रकारहरु आफै तयार हुनुपर्ने बताए ।

पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले राजनीतिक पूर्वाग्राही र संघीयताले पत्रकारितासंगै समाजलाई बिवादित बनाएको बताए ।

पत्रकार श्याम पोखरेलले राजनीति उद्योगका रुपमा फस्टाउंदा र संघीयतासंगै बनाइएका प्रदेश संरचनाका कारण समाजमा सुशासन, पारदर्शीता र जवाफदेहीता हराएको बताए । समाजमा सुशान कायम गर्न, पारदर्शीता, जवाफदेहीताका लागि जवाफदेही पत्रकारितासंगै संघीय संरचना अन्तरगतको प्रदेश खारेज गर्नुपर्नेमा जोड दिए ।

पत्रकार रुद्रहरि कुवंरले संघीयताले सबैलाई फलिफाप भएको बताउंदै संघीय संरचनाले जनतालाई अधिकार दिउको दावी गरे ।
कार्यक्रमका प्रस्तोता प्रकाश भट्टराईले राज्यको हरेक निकाय र हरेक तहमा सुशान र पारदर्शीता हुनुपर्ने र तयसका लागि पत्रकारिता क्षेत्रको अमुल्य योगदान रहने बताए ।

कार्यक्रममा पत्रकार कृष्ण खनाल, कविन्द्र नेपाल, कपिल ज्ञवाली लगायतले आआफ्नो भनाइ राखेका थिए ।