बुटवल उधोग वाणिज्य संघमा मतदान

बुटवल, असोज २२ गते । बुटवल उधोग वाणिज्य संघमा नयाँ नेतृत्वको लागि मतदान शुरु भएको छ । ७० औं साधारण सभा तथा २५ औ अधिवेशनबाट नेतृत्व चयन हुन नसकेपछि निर्वाचन भउको हो ।

संघको यही असोज १९ गतेदेखि ७० औं साधारणसभा तथा २५ औं अधिवेशन सुरु भएको थियो । ७० वर्ष पुरानो इतिहास बोकेको संघमा आगामी नेतृत्व लिन दिनेशप्रसाद श्रेष्ठ र हरिप्रसाद अर्याल दुवैले आआफ्ना प्यानल चुनावमा उठेका छन् ।

अघिल्लो अधिवेशनमा हालका अध्यक्ष उज्वल कसजुसँग केही मत कम ल्याएर पराजित भएका अर्याल अहिले पनि नेतृत्वका लागि अध्यक्ष पदमा निर्वाचमा होमिएका हुन् ।
अर्का अध्यक्षका उम्मेदवार श्रेष्ठ भने २१ वर्षे व्यावसायिक अनुभव हासिल गरेको र व्यवसायीको पीर, व्यथा सवै थाहा भएका कारण आफू निर्वाचनमा होमिएको बताएका छन् । वरिष्ठ उपाध्यक्ष र वाणिज्य उपाध्यक्ष क्रमस टंकप्रसाद गैरेर र विमलराज भट्टराई दुवै प्यानलबाट उम्मेदवार बनेपछि निर्विरोध भएका छन् ।

संघमा १ हजार ७ सय ७८ जना उधोगी व्यवसायी मतदाता छन् । २००९ सालमा बुटवल व्यापार मण्डलवको नामबाट स्थापना भएको बुटवल उधोग वाणिज्य संघ बुटवलका लागि सबै भन्दा पुरानो संस्था हो ।
आज सांझदेखि मतगणना शुरु गरेर भोली बिहानसम्म मतपरिणाम आउने सम्भावना छ ।