बुटवलको उधोग वाणिज्य संघको अध्यक्षमा हरिप्रसाद अर्याल विजयी

बुटवल, असोज २३ गते । बुटवल उधोग बाणिज्य संघको अध्यक्षमा हरिप्रसाद अर्याल विजयी भएका छन् । संघको २५ औं अधिबेशनमा आफ्ना प्रतिस्पर्धी दिनेशप्रसाद श्रेष्ठलाई पराजित गर्दै अर्याल विजयी भएका हुन ।

अध्यक्षमा विजयी अर्यालले ७७६ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिष्पर्दी दिनेशप्रसाद श्रेष्ठले ७६० मत प्राप्त गरेका छन् ।

त्यस्तै सबै भन्दा बढी मत प्राप्त गरेर उधोग उपाध्यक्षमा सुरज भट्टराई विजयी भएका छन् । उधोग उपाध्यक्षमा सुरज भट्टराईले ७७८ मत प्राप्त गरेका छन् ।

त्यस्तै महासचिवमा मुक्तिप्रसाद अधिकारीले  ७६० मतमा साथ विजयी भएका छन् । कोषाध्यक्ष्मा बसन्त ढकालले ८०९ मत प्राप्त गरी विजयी भएका छन् । सह–कोषाध्यक्षमा  धनकुमारी खनालले ८३० मत प्राप्त गरी विजयी भइन ।

एशोसिएट सदस्यमा बालकृष्ण पौडेलले ७५१ मत प्राप्त गरी विजयी भए ।  त्यस्तै उद्योग सदस्यतर्फ दीपकप्रसाद चापागाईले ८३५, कृष्णप्रसाद पाण्डेयले ७०५ , निर्मल कसजुले ७५५, सुनिता शर्मा बञ्जाडेलेले ७३५ मत प्राप्त गरी विजयी भएका छन् ।

त्यस्तै वाणिज्य सदस्यतर्फ गणेशप्रसाद भट्टराईले ८३५, रामबहादुर भण्डारीले ७०० र टिकाराम बञ्जाडेले ७५६, काशिराम पौडेल ७३२ मत प्राप्त गरी विजयी भएका छन् ।

त्यस्तै खुल्ला सदस्यतर्फ
विष्णु घिमिरे पन्त ८४५, विष्णुप्रसाद पौडेल ७३२, दीप आचार्य ७८२, दिपक घिमिरे ७३२, जगन्नाथ न्यौपाने ७१९, लक्ष्मण ज्ञवाली ७०१, उमेश अमात्य ७६६, जमुना पौडेल ९३३ र रेनु श्रेष्ठले ७८९ मत प्राप्त गरी विजयी भएका छन् ।

यस अघिनै संघको वरिष्ठ उपाध्यक्षमा टंकप्रसाद गैरे र वाणिज्य उपाध्यक्षमा विमलराज भट्टराई विजयी भएका थिए ।