प्रेस स्वतन्त्रता सेनानी थापाको अन्नपूर्ण न्यूरोमा उपचार

बुटवल, असोज २४ गते । लडेर गम्भीर घाईते पे्रस स्वतन्त्रता सेनानी गोविन्दबहादुर थापाको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भैरहेको छ । असोज २३ गते काठमाण्डौको बानेश्वरस्थित डि.वि. शाहीको घर जाँदा शाहीको घरमा सिढि चढ्ने क्रममा लडेर थापा घाईते भएका थिए ।

लडेको केही बेरपछि उपचारका लागि कान्तिपुर अस्पतालमा उपचारका लागि लगिएको थियो । उक्त कान्तिपुर अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि मंगलबार अन्नपूर्ण न्यूरो अस्पताल लगिएको थियो ।

थापाको टाउकोको पछाडिपट्टी गम्भीर चोट लागेको छ । उपचारमा संलग्न डाक्टरका अनुसार थापाको चोट गम्भीर रहेको छ । टाउकोमा गम्भीर प्रकारको चोट भएपनि थापा खतरामुक्त छन् ।

गोविन्दबहादुर थापा मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका संस्थापक अध्यक्ष हुन् ।  मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष ठाकुर खनालले विज्ञप्ती जारी गरी संस्थापक अध्यक्ष थापाको स्वास्थ्य लाभको कामना गरेका छन् ।

थापा हांक साप्ताहिक र नयांदिशाका प्रधान सम्पादकसमेत हुन् । नयांदिशा परिवार प्रेस स्वतन्त्रा सेनानी गोविन्दबहादुर थापा मामाको पूर्ण स्वास्थ्य लाभको कामना गर्दछ ।