भ्रष्टाचार बाधक – प्रदेश प्रमुख शेरचन

बुटवल, असोज २४ गते । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले भ्रष्टाचार रहित प्रदेश बनाउने गरी काम गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेका छन् । अख्तियारले निष्पक्ष र निडर भएर काम गर्नुपर्ने बताउंदै भ्रष्टाचार निर्मुल पार्ने गरी काम गरेमा अख्तियारलाई सरकार र जनताले साथ दिने बताए ।

 

अख्तियार दुरुपयोग अनुसनधान आयोगले २०७९ । ०८० को वार्षिक प्रतिवेदन बुझाउन बुधबार प्रदेश प्रमुख कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले भ्रष्टाचारले देशलाई कंगाल बनाएको बताए । उनले कर्मचारी, राजनीतिज्ञ र सामाजिक क्षेत्रका ठूला मान्छेबाट भ्रष्टाचार बढेको बताए ।

कैयौ राष्ट्र सेवकबाट भ्रष्टाचार हुने गरेको बताउंदै उनले भने – अकुत सम्पति कमाउनेहरुलाई पनि कारवाही गर्नुपर्ने हुन्छ । छोटो समयमा केही नभएको मान्छेको कसरी अपुत सम्पति जम्मा भयो भन्ने जिवषयमा अख्तियारले खोजेर अकुत सम्पति कमाउनेलाई कारवाही गर्नुपर्ने बताए ।

टेबुल मुनी र टेबुल माथिबाट भ्रष्टाचारका काहानी आफुले सुन्ने गरेको बताउंदै समान खरिद गर्दासमेत भ्रष्टाचार हुने गरेको बताए । अख्तियार दुरुपयोग अनुसन्धानले साना भ्रष्टाचारीलाई मात्र छोपेर ठूला भ्रष्टाचारीहरुलाई छोप्न नसकेको बताउंदै भ्रष्टाचार र मुलुकको लागि बाधक बनेकाले सबै खालका भ्रष्टाचारीलाई छोपेर कारवाही गर्न आग्रह गरे ।

 

संविधानले निर्देश गरे अनुसार अख्तियारले आफ्नो कार्य क्षेत्र खुम्चाएको गुनासो गर्दै प्रदेश प्रमुख शेरचनले भने – संघीयता अनुसार प्रदेशका १२ वटै जिल्लालाई कार्यक्षेत्रमा पारेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले काम गर्नुपर्छ ।

अख्तियार दुरुपयोग अनुसनधान आयोगको २०७९ । ०८० को वार्षिक प्रतिवेदन अख्तियार कार्यालय बुटवलका प्रमुख योगेन्द्रप्रसाद पाण्डेयले प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाव दिए ।

वार्षिक प्रतिवेदन बुझाउंदै अख्तियार कार्यालय बुटवलका प्रमुख योगेन्द्रप्रसाद पाण्डेयले अख्तियार दुरुपयोग अनुसनधान आयोगले कर्तव्य निष्ट भएर काम गरेको दावी गरे ।

अख्तियार कार्यलय बुटवलमा २०७९। ०८० मा १२९५ वटा उजुरी परेका थिए । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका २२८ गरी कारवाही गर्नुपर्ने १५२३ वटा उजुरी थिए । जसमा अघिल्लो आर्थिक वर्ष २०७८।०७९ मा उजुरीको कुल संख्या १२६६ रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको तथ्यांकले देखाएको छ ।