समाजवादी मोर्चा रुपन्देहीको अध्यक्षमा शरद सी

बुटवल, असोज २६ गते । समाजवादी मोर्चा नेपाल रुपन्देहीको अध्यक्षमा नेकपाका सरद ओली चयन भएका छन् । शुक्रबार बुटवलमा सम्पन्न समाजवादी मोर्चा नेपाल रुपन्देहीको प्रथम भेलाले नेकपाका सरद ओलीको अध्यक्षतामा १२ सदस्यीय समिति चयन गरेको हो ।

मोर्चाको सदस्यहरुमा नेकपाका विरेन्द्र सी र उषा सी, नेकपा माओबादी केन्द्रका निर्मल जीसी, ऋज्जु श्रेष्ठ र सन्तकुमार यादव, एकीकृत समाजबादीका श्रीराम यादव, सरिता श्रीष र टंक पोखरेल, जसपाका सियाराम यादव, सुनिता खडलुक र विष्णु अधिकारी रहेका छन् ।

नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष शुदर्शन बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले मोर्चाको पालिका स्तरसम्म समिति निर्माण गरी नीति, योजना र कार्यक्रम तय गर्ने निर्णय गरेको छ ।

यस्तै मोर्चाले यही असोज २९ गते कालाबजारी एवं महंगी नियन्त्रण गर्ने ध्यानाकर्षण सम्बन्धी ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारिलाई बुझाउने निर्णय गर्नुका साथै स्थानीय स्तरमा सबै सामाजिक संघसंस्थासंग सहकार्य गरी कार्यक्रम गर्ने निर्णय भएको नेकपा रुपन्देही सेक्रेटेरी बिरेन्द्र सीले जानकारी दिए ।

भभेलाबाट अध्यक्ष शरद ओलीले समाजावादी मोर्चा स्थापनाको उद्देश्य पुरा गर्नका लागि सबै पक्षसंग सहकार्य र एकता गरी देश र जनताको हितमा काम गर्ने प्रतिवद्दता जनाएका छन् ।