रुपन्देहीको मुर्गियामा लुम्बिनी शान्ति प्रवेशद्दार

बुटवल, असोज २६ गते । रुपन्देहीको सैनामौनास्थित मुर्गियामा निर्माण गरिएको लुम्बिनी शान्ति प्रवेशद्दार उद्घाटन गरिएको छ । निर्माण सम्पन्न भएको तीन वर्षपछि प्रवेशद्दारको उद्घाटन गरिएको हो ।

२०६९ असोज २७ गते उक्त लुम्बिनी शान्ति प्रवेशघद्दार शिलन्यास गरिएको थियो । सडकको काम पुरा नभएकाले उद्घाटन ढिलो भएको लुम्बिनी शान्ति प्रवेशद्दार निर्माण समितिका अध्यक्ष कृष्णवम मल्लले जानकारी गराए । बिहीबार विशेष कार्यक्रमको आयोजना गरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौचरीले लुम्बिनी शान्ति प्रवेशद्दारको उद्घाटन गरेका हुन् ।

स्थानीय जनताको ६७ प्रतिशत र ३३ प्रतिशत सरकारी बजेटमा लुम्बिनी शान्ति प्रवेशद्दार निर्माण गरिएको हो । ४९ लाख ७६ हजार ६ सय ३३ रुपैंयाको खर्चमा लुम्बिनी शान्ति प्रवेशद्दार निर्माण सम्पन्न भएको निर्माण समितिका अध्यक्ष कृष्णवम मल्लले जानकारी गराउनुभयो । स्थानीय संघसंस्था, महिला समूह, युवा क्लव, विभिन्न व्यक्तिबाट ३५ लाख २७ हजार ८ सय ८८ रुपैंया र तत्कालिन पर्रोहवा गाविस, सैनामैना नगरपालिका र जिल्ला समन्वय समिति रुपन्देहीबाट १७ लाख ३३ हजार ८ सय ८० रुपैंया गरी लुम्बिनी शान्ति प्रवेशद्दार निर्माणका लागि ५२ लाख ६१ हजार ७ सय ६८ रुपैंयाको बजेट संकलन भएको थियो । मुर्गियाबाट गौतमबद्वको जन्मस्थल लुम्बिनी जान २३ किलो मिटरको छोटो दुरी पर्ने भएकाले मुर्गियामा लुम्बिनी शान्ति प्रवेशद्दार निर्माण गरिएको हो ।

 

सोही कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रवेशद्वार निर्माणले लुम्बिनीको विकास र गरिमा बढेको बताए । लुम्बिनी जानका लागि बीचमा सम्पन्न नभएको पुल निर्माणका लागि बजेटको अभाव हुन नदिने प्रतिवद्दता जनाउंदै छिटो पुल सम्पन्न गर्ने गरी काम अगाडी बढाउन आग्रह गरे ।
उनले लुम्बिनी प्रदेश सरकार जनताको साथमा रहेको बताउंदै विकासमा राजनीति गर्न नहुने बताए । मुख्यमन्त्री चौधरीले कृषि उत्पादन र पर्यटकीय क्षेत्रको विकासका साथै विकासका कामहरुमा बजेटको कमी हुन नदिने आश्वासन दिएका छन् ।

लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री तथा सांसद भोजप्रसाद श्रेष्ठले जनताको सहभागितामा हुने विकास दीगो र र पारदर्शी हुने बताए ।

प्रदेश सांसद तारा थापाले विकासको मुल आधार कृषि र पर्यटन भएकाले विकासका काममा महिलाहरुलाई सहभागिता गराउनु पर्ने बताइन ।

 

कार्यक्रममा सैनामैना नगरपालिकाका नगर प्रमुख फणिन्द्र शर्मा, सैनामैना नगरपालिकाका पूर्व नगर प्रमुख चित्रबहादुर कार्की, प्राविधिक बद्रे आलम लगायतले बोल्दै सैनामैनाको विकास र पर्यटकीय क्षेत्रदेखि कृषि तथा पशुपालन, ऐतिहांसिक महत्व बोकेका मठमन्दिरहरुको संरक्षणका लागि बजेटको माग गरेका थिए ।

प्रवेशद्वार निर्माण समितिका अध्यक्ष कृष्णबम मल्लको अध्यक्षता र सचिव गोकर्ण शर्माको सञ्चालनमा भएको कार्यक्रममा प्रवेशद्वार निर्माणका लागि सहयोग गर्ने स्थानीय संघसंस्था र व्यक्ति गरी ३ सय ७५ जनालाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा स्थानीय थारुजातकिो संस्कति झल्कने झांकी, नौमती बजासहित विद्यार्थी, आमासमूहले सांस्कृतिक कार्यक्रम प्रर्दशन गरेका थिए ।