पत्रकारिता विश्वासनीय हुनुपर्छ – बिपुल पोखरेल

बुटवल, असोज २८ गते। पत्रकार महासंघका केन्द्रिय अध्यक्ष बिपुल पोखरेलले पत्रकारिता पेशालाई विश्वासनीय बनाउनु पर्ने बताएका छन् । पत्रकार महासंघ रुपन्देहीले आईतबार बुटवलमा आयोजना गरेको शुभकामना आदान– प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष पोखरेलले पत्रकारितालाई विश्वासनीयता बनाउन पत्रकारहरुले आफैलाई सुधार गर्न आवश्यक रहेको बताए ।

उनले सरकार सरकार जस्तो नभएको, संसद संसद जस्तो नभएको र न्यायलय जस्ता अन्य थुपै्र राज्यका निकायहरु राज्यका निकाय जस्ता नभएको अवस्थामा सबै क्षेत्रलाई सुधार गर्ने दायित्व पत्रकारहरुको भएको उनको भनाइ छ ।

पत्रकार महासंघले सुरु गरेको सुद्दिकरण अभियान देशभरका शाखाहरुले अभ्यास गरिरहेको बताउंदै सुद्दिकरण अभियानले महासंघलाई बलिाये बनाउने दावी गरे ।

महासंघलाई पत्रकारहरुको साझा संस्था बनाउनका लागि सुद्दिकरण अभियान शुरु भएको र यो निरन्तर चलिरहने अध्यक्ष पोखरेलले बताए । उनले नेपाली पत्रकारितामा श्रमको सम्मान नभएको बताउंदै पत्रकारिताका लागि विज्ञापनको खांचो भएको बताए ।

बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले पर्वहरुलाई भड्किला र महंगो बनाउन नहुने बताए । उनले दशैं लगायत पर्वहरुलाई सामाजिककरण गरी सबैले मनाउन सक्ने खालको बनाउनुपर्नेमा जोड दिए ।

दशैं पर्व शुरुभएसंगै शुभकामना आदान– प्रदान तथा चियापान कार्यक्रमहरु शुरु भएका छन् । हिन्दुहरुको पर्व दशैं, तिहार, छट र नेपाल सम्बतको अवसरमा शुभकाना आदान– प्रदान कार्यक्रमहरु हुन थालेका छन् । पत्रकार महासंघ रुपन्देहीले आइतबार बुटवलस्थित महासंघको हलमा शुभकामना आदान प्रदान कार्यक्रम भएको छ ।

कार्यक्रममा पत्रकार, राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधि, जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुख, विभिन्न सामाजिक संघ सस्थाका अध्यक्ष तथा उद्योगी व्यवसायी र नागरिक समाजका अगुवाहको सहभागीता थियो ।

पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोखरेलको अध्यक्षता र सचिव विनोद परियारको सञ्चालनमा कार्यक्रम भएको थियो ।