सबै सरकार अस्थिर – भरत शाहा

बुटवल, कार्तिक १ गते । नेपाली कांगे्सका नेता भरतकुमार शाहाले सरकारको स्थिरता नभएको बताएका छन् । संघीय र सात वटै प्रदेश सरकार अस्थिर हुंदा देशको अवस्था कमजोर देखिएको बताए । सरकारको खुलेर बिरोध गर्न नसकेका कांगे्रस नेता शाहाले संघीयसहित सात प्रदेश सरकारले सोंचे जसरी काम गर्न नसकेको संकेत गरे ।

पे्रस युनियन रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै सरकारले गरेका गलत गतिविधि जनतालाइ जानकारी गराउन पत्रकारहरुलाई आग्रह गरे ।

 

सरकारले आफ्ना गलत गतिविधि लुकाउने भएकाले त्यसविरुद्व पत्रकारहरुले आफ्ना कलम सही ढंगले चलाउनु पर्नेमा जोड दिए । प्रजातन्त्रका लागि पत्रकार जगत खम्बा भएको बताउंदै पत्रकार जगतको भूमिकामलाई कमजोर बनाउन नहुने उनको भनाइ छ । प्रजातन्त्र बलियो बनाउन पत्रकार जगत चनाखो हुनुपर्ने बताउंदै आजभोली समाचारमा स्वतन्त्रता नदेखिएको बताए ।

पत्रकारिताको दीगो विकास आवश्यक रहेको बताउंदै आफै पत्रकार आफै मालिक हुंदा पत्रकार भित्रका श्रमजीविहरु मारमा परेको नेता शाहाको भनाइ छ । अर्थतन्त्र कमजोर भएपनि तत्काल देश टाट नपल्टिने उल्लेख गर्दै उनले भने – अर्थतन्त्रका इन्डिकेटरहरु भने राम्रा छैनन् ।
पे्रस युनियन रुपन्देही सभापति कविन्द्र नेपालको अध्यक्षता, सचिव कपिल ज्ञवालीको सञ्चालन र कल्पना तिवारीको स्वागतमा कार्यक्रम भएको थियो ।