भारतमा सस्तो तेल राख्न जाने गाडी नियन्त्रण गर्न माग

बुटवल, कार्तिक १ गते । पेट्रोलियम पदार्थको मुल्य समायोजना हुंदा नेपालमा भन्दा भारतमा सस्तो मुल्य भएपछि भारतमा तेल राख्न जाने गाडी नियन्त्रणमा ल्याउन पेट्रोलियम व्यवसायीले सरकारसंग माग गरेका छन् । समान लिन जाने बाहाना बनाएर सीमा पारी भारत गएर गाडीमा तेल भोरेर ल्याउने गलत कृयाकलाप रोकेर नेपाली व्यवसायीलाई सहयोग पुराउन पेट्रोलियम व्यवसायीले आग्रह गरेका छन् ।

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन बुटवल, रुपन्देहीले बुधबार तिलोत्तममा आयोजित शुभकामना कार्यक्रममा बोल्ने व्यवसायीले पैसा तिरे अनुसार आयल निगमले पुरा तेल दिनुपर्ने बताए ।

सोही कार्यक्रममा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले गलत काम गर्न व्यवसायी, कर्मचारी लगायत कसैलाइ पनि छुट नभएको बताए । उनले सेवाग्राही तथा आम जनताको हितमा सेवा प्रवाह गर्न सबैलाइ आग्रह गर्दै समाजका हरेक क्षेत्रका बेथिति रोक्न सबैको साथ सहयोग आवश्यक पर्ने बताए ।


पेट्रोलियम डिलर्स एशोसिएशन लुम्बिनी प्रदेश संयोजक पे्रम न्यौपानले पेट्रोलियम व्यवसायीले आयल निमले दिएको तेल सहज रुपमा उपलब्ध गराएको बताउंदै व्यवसायीले उपभोक्तामुखि भएर सेवा प्रवाह गरेको बताए । उनले कुनैपनि पेट्रोलियम व्यवसायीले तेलमा चुहावट नगरेको बताउंदै व्यवसायीले चुहावट गर्नै नसक्ने दावी गरे । नेपाल आयल निगम प्रदेश कार्यालय भलवारीका प्रमुख इन्जिनियर जगदिशकुमार यादवले अहिले तेलको कुनै समस्या नभएको बताए ।

रुपन्देहीका प्रहरी प्रमुख एसपी भरत विकले तेलमा हुने मिसावट र सीमा पारीबाट हुने आयत रोक्न सुरक्षाकर्मीको एकल प्रयासले मात्र सम्भव नभएकाले सबैको सहयोग आवश्यक पर्ने बताए । उनले मिसावट र सीमा पारीबाट हुने आयत रोक्न आयल निगमले नेतृत्व गर्नुपर्ने र त्यसका लागि प्रहरी प्रशासनले सुरक्षा दिने प्रतिवद्दता जनाए ।

पेट्रोलियम डिलर्स एशोसिएशन बुटवलका अध्यक्ष हिमाल गैरेले आफुहरुले उपभोक्तामुखि भएर तेल विक्री वितरण गरेको बताउंदै माग अनुसार तेल उपलब्ध गराउन नेपाल आयल निगमसंग माग गरे ।

कार्यक्रममा पश्चिमाञ्चल, ट्याङकर व्यवसायी महासंघका महासचिव भुपेन्द्र अर्याल, नापतौल तथा गुणस्तर कार्यालय प्रदेश प्रमुख शम्भुकुमार झां, पे्रस सल्लाहाकार खिमानन्द भट्टराई लगायतले आआफ्ना भनाइ राखेका थिए ।

पेट्रोलियम डिलर्स एशोसिएशन बुटवलका अध्यक्ष हिमाल गैरेको अध्यक्षता र महासचिव हरिराम कसौधनको सञ्चालनमा कार्यक्रम भएको हो ।