दशैमा पांचको नयां नोट

छड्के कलम

लोकराज पोखरेल

अहिलेको दशैंमा मेरो छिमेकीको घरमा मामा घर टिका लगाउन बुबा आमासंग आएको चार बर्षको बच्चाले तमासै गर्यो ।
सुरुमा खुब रमाउदै खेल्दै थियोे, त्यो बच्चा जब मामाको हातबाट टिका लगाउदै थियो । बालकले आँखा थालमा राखेको नोटहरुमा घुमाइ रहेको थियो । त्यो थालमा पाँच र दसका नयां नोटहरू थिए । एकसय भन्दा माथिका नोटहरु अली पुराना थिए ।सायद केटाकेटीलाई पाँच र दसका थिए होलान् । अल्लि ठुलालाई त्यो भन्दा मामाथिका नोट थिए होलान् । त्यो फुच्चेलाई दसैको टिका निधार भरी लगाइ दिएर मामाले जमरा लगाइदिएर आशिर्वाद दिदै रु पाँच नयां नोट दछिणा दिनुभयो ।

जब उस्लाइ मामाले पाँच को नोट हातमा दिनुभयो त्यसपछि त्यो बाबू जोडसंग रुन कराउन थाल्यो । नाइ नाइ म यो रातो नोट लिन्न नाइ यो नोटले दुकानमा केही पनि आउन्न । दुकानको अंकलले एस्को केइपनी दिनु हुन्न । नाइ म लिन्न यो जाबो पाँचको नोट । उस्को बाबुले सम्झाउदै थिए बाबू हेर त कत्ती नयांनोट छ कटकटी छ हेर त ।बच्चाले भन्दै थियो नाइ मलाइ नयां सयको चाइन्न उ त्यो सेतो ठुलो चाइयो मलाइ नयां चाइन्न बरु त्यो पुरानो भएपनि दहुन्छ । मलाई ठूलो नोट चाइयो हरियो पैसा चाहियो सेतो नोट चाहियो।

 

हुनपनि यो पटक पाँच र दसका नोट साटेर ल्याउनेहरु साच्चै पछुताए होलान किनभने पाँच र दसको नोट दक्षिणा दिने खालको त मान्छे नै भेटिएन ।त्यो नयां सानो नोट त एकसय दिनेलाइ एकसय पाँच पाँच सय दिनेलाई पाँच सय पाँच र एक हजार दिनेलाइ एक हजार पाँच वा दस बनाउने मात्रै काम लाग्यो यहांसम्म कि जुट पत्ती खेल्ने भुराहरुलाई पनि खासै काममा आएन ।

 

रास्ट्र बैंकले जेहोस राजाका पाला देखिनै नयां नोट साटिदिएर जनतालाई ठूलो गुन लगाएको छ । गलत बैन्किङ नीतिका कारणले जनता लाई कंगाल बनाउदै लगेपनी जे होस पाँचका दसका भएपनि नयांनोट पट पट गन्न पाउने सु अबसर रास्ट्र बैंक ले प्रदान गरेको र सो नयां नोटको ब्यबस्थापन त्यो पनि सटहीको कुनै सुल्क नलिइकन हामी जनताले पुरानो हजार को एउटा नोट लगेर बैंकमा जांदा दुई सय ओटा पाँचका नयां नोट भएको बडेमानको पाँचको गड्डी उपलब्ध गराएकोमा अर्थ मन्त्री र अर्थ मन्त्रालयको सम्पूर्ण परिबारहरु र नीति निर्माताहरु एवं रास्ट्र बैंक का गभर्नर ज्युलाई समेत सम्पूर्ण नेपाली जनताको तर्फबाट कृषि प्रधान देश नेपालका हामी नेपालीले पुलाउ खान भारतबाट बेसाएको “इन्डिया गेट “ चामल कै भएपनी किलोका किलो धन्यबाद छ ।