रुपन्देहीको तिलोत्तममा चोरको बिगबिगी

बुटवल, कार्तिक १० गते । रुपन्देहीको तिलोत्तमाको विभिन्न ठाउंमा दशैंको समयमा घरहरुमा चोरी भएको छ । दशैंको बेला घरमा मान्छे नभएको मौका छोपी घरहरुमा चोरी भएको हो । घरमा मान्छे नभएको मौका छोपी घर भित्रमा ताला तोडेर नगद र गरगहना चोरी भएका छन् ।

तिलोत्तमा वडा नम्बर २ जानकीनगरका ३ घरमा चोरी भएको छ । वरपपिल पथको गंगाबहादुर कुंवरको घरमा नवामीको राती चोरी भएको छ ।घर भित्र पसेर दुइ वटा कोठाका चापी तोडेर ६५ हजार नगर र एउटा सुनको हार चोरी भएको छ । राती करिब सवा दुई वजेको समयमा घर भित्र पसेर चोर्दै गरेको अवस्थामा घरधनी गंगाबहादुर कुंवरले एकजना चोरलाई समातेका छन् ।

भारतको दार्जेलिङ घर र कमल थापा नाम बताउने एक व्यक्तिलाई रातीको समयमा घर भित्रैबाट समाती घरधनी र छिमेकीको सहयोग समाती प्रहरीलाई बुझाइएको छ । माधव ज्ञवालीको घरमा पसेपनि केही चोरी भएको छ्रैन । त्यस्तै सुशील भुसालको घरबाट ६ हजार नगद र सुनको औठी चोरी भएको तिलोत्तमा वडा नम्बर २ का वडाध्यक्ष डिलबहादुर भट्टराईले जानकारी गराएका छन् ।

वडाध्यक्ष भट्टराईका अनुसार चोरीका घटनाहरु बढेका छन् । घरका गेटमा राखेका स आमखोरा र साना ग्रागीहरु दिउंसै चोरी भएका छन् । तिलोत्तमा वडा नम्बर १ मा रमा थापको घरमा पनि दशैंको समयमा चोरी भएको छ । रमा थापाको घरबाट करिव साढे तीन तोलका सुनका गहना र १ लाख १० हजार चोरी भएको वडाध्यक्ष भट्टराईले बताए ।

त्यस्तै तिलोत्तमा–७ भलवारीमा कार्तिक ७ गते मंगलबार चोरी भएको ईलाका प्रहरी कार्यालय मंगलापुरले बताएको छ । दशैको दिन सांझ ३ घरबाट ५ तोला बढी सुनका गरगहँना तथा नगद चोरी भएको प्रहरीले जनाएको छ । दशैमा टीका थाप्न आफन्तको घरमा गएको मौका छोपी स्थानीय अनिशा गुरुङको घरबाट ५ तोला सुनका गहना र धालबहादुर श्रीसको घरबाट २५ लालको गरगहँना चोरी भएको हो । यसैगरी ओमबहादुर क्षेत्रीको घरबाट ३० हजार नगद चोरी भएको प्रहरीले जनाएको छ । रातको समयमा घरमा कोही नभएको मौका छोपी मूल गेट नाघेर भित्र पसेर चोरी भएको ईलाका प्रहरी कार्यालय मँगलापुरका प्रहरी सहायक निरीक्षक लोकनाथ पाण्डेले जानकारी गराउनुभएको छ ।

तिलोत्तमा नगरपालिकाको विभिन्न ठाउंमा चोरीका घटनाहरु बढेपछि स्थानीयले सुरक्षाको माग गरेका छन् । राती र दिउंसोमा पनि चोरी भएपनि प्रहरी प्रसाशनले सुरक्षा दिन नसकेको तिलोत्तमा २ का अरुण अर्यालले बताए । चोरीका घटनाहरु भएपछि प्रहरी परिचालन गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दानबहादुर थापाले बताए ।