देशभरका शिक्षकहरु आन्दोलनमा

श्यामलाल पोखरेल बुटवल, साउन १५ । सरकारसंग ३४ बुंदे माग राख्दै देशभरका शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघको अगुवाईमा शिक्षकहरु गत बैशाक २० गतेदेखि आन्दोलनमा उत्रिएका हुन् । आफ्ना माग पुरा गर्नका लागि सबै विचारसंग आद्व शिक्षकहरु परीक्षा छोडेर पनि प्राथमिकताका साथ आन्दोलनमा खटिएका छन् ।

चौथौ चरणको आन्दोलनमा पुगेका शिक्षकहरुले सरकारलाई ज्ञापन पत्र बुझाउनुका साथै सरोकारवालासंग अन्तरक्रियासमेत गरिसकेका छन् । कसरी आफ्ना माग पुरा गर्न सकिन्छ भन्ने अभियानमा लागेका शिक्षकहरुले देशभरका स्थानीय तहहरुमा धर्नासमेत दिएका छन् । शिक्षकहरुले चाथौ चरणको आन्दोलन अन्तर्गत साउन १५ शुक्रबार देशभरका स्थानीय तहहरुमा र जिल्ला शिक्षा तथा समन्वय इकाईमा र सबै प्रदेशका सामाजिक विकास मन्त्रालयमा रिले अनसन बसेका छन् ।

नेपाल शिक्षक महासंघ लुम्बिनी प्रदेशको अगुवाइमा लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालय बुटवलमा पनि रिले अनसन बसेर सरकारलाई दवाव दिएका हुन् । सरकारले वर्षौ अघिदेखि राखेका मागहरु सम्बोधन नगरेपछि आन्दोलनमा जानु परेको नेपाल शिक्षक महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुलप्रसाद लामाछानेले बताए ।

सरकारले शिक्षकहरुका माग पुरा नर्गदासम्म आन्दोलनमा उत्रने र आवश्यक परे सडक आन्दोलनमा जान सकिने अखिल नेपाल शिक्षक संघकी उपाध्यक्ष कमला बञ्जाडेले बताइन । शिक्षकहरुप्रति राज्यको विभेदपूर्ण नीतिका कारण आन्दोलनमा उत्रनु परेको शिक्षक गणेशप्रसाद रिजाल बताउछन् ।

महासंघ लुम्बिनीका महासचिव गणेशप्रसाद रिजालका अनुसार यही साउन २२ गते काठमाण्डौको माइतीघरमा अनसन बस्ने र भदौ ४ गते काठमाण्डौमा बृहत बिरोध र्याली गरी माग पुरा गर्न सरकारलाई दवाव दिने नेपाल शिक्षक महासंघको तयारी गरेको विगतको सरकारसंग २०७६ मा भएको ३० बुंदे सहमति कार्यान्वयन नभएपछि बाध्यताले आन्दोलनमा उत्रिनु परेको शिक्षकहरुको भनाइ छ ।

राज्यको पुनः संरचना अनुसार केन्द्रिय सरकारले शिक्षा ऐन ल्याउन नसक्दा स्थानीय पालिकाहरुले कानुन बनाउंदा शिक्षा क्षेत्रमा अराजकता फैलिएको नेपाल शिक्षक महासंघको दावी छ । शिक्षक सेवा आयोगलाई संवैधानिक बनाउनु पर्ने र केन्द्रिय सरकारले तत्काल शिक्षा ऐन ल्याउनु पर्ने महासंघको प्रमुख माग रहेका छन् ।

विद्यालयहरुमा आवश्यक अनुसार शिक्षक,कर्मचारीहरुको दरवन्दी कायम गरिनु पर्ने, बाल विकास शिक्षकहरुको उचित तलवको व्यवस्था गरिनु पर्ने, राहत शिक्षकहरुलाइृ स्थायी गरिनु पर्ने, उच्च माध्यामिक विद्यालयका शिक्षकहरुको व्यवस्थापन गरिनु पर्ने, सबै विद्यालयमा शिक्षक दरवन्दी कायम गरिनु पर्ने, भौतिक पूर्वाधारको पूर्ण व्यवस्था र शिक्षकहरुका लागि शिक्षक अस्पताल स्थापना हुनुपर्ने लगायत शिक्षकहरुले सरकारसंग ३४ बुंदे मागसहित आन्दोलनमा उत्रिएका हुन् ।

शिक्षकहरुप्रति राज्यको विभेदपूर्ण नीतिका कारण आन्दोलनमा उत्रनु परेको शिक्षकहरुको भनाइ छ । राज्यको विभेदपूर्ण व्यवहार र नीतिका बिरुद्व बाध्यताले राज्यलाई खबरदारीका लागि आन्दोलनमा उत्रनु विकल्प नभएको एकीकृत अखिल नेपाल शिक्षक संगठनका उपाध्यक्ष मानबहादुर पाण्डेको तर्क छ ।