जेनजीको आन्दोलनमा चोरी गर्ने बुटवलका शिक्षक निष्काशित


बुटवल, भदौ २८ गते । जेनजी आन्दोलनका क्रममा तोडफोड आगजनी र लुटपाटमा संलग्न रहेका बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयका शिक्षक विशशंकर शुक्लालाई निष्काशन गरिएको छ ।

बुटवलको भाटभटेनीमा तोडफोड र आगजनीसंगै लुटपाटमा संलग्न रहेको फोटा र भिज्वलबाट पुष्टी भएपछि विद्यालयले शिक्षक शुक्लालाई निष्काशन गरेको हो । शनिबार विद्यालयका प्राध्यानाध्यापक दिनेश थापाले विज्ञप्ति जारी चोरीमा संलग्न भएको पुष्टी भएपछि विद्यालयबाट निश्काष्न गरिएको जानकारी गराएका छन् ।
शिक्षक शुक्लाले २४ गते भएको भाटभटेनीमा आगजनी तथा तोडफोडपछि आइक्रिम चोरी गरेका थिए । शिक्षक शुक्ला कालिका मानवज्ञान माध्यमिक विद्यालयसंगै बुटवलकै अक्सफोर्ड माध्यमिक विद्यालयमा पढाउंदै आएका शिक्षक हुन् । कपिलवस्तु घर भएका विशशंकर शुक्ला कालिका मानवज्ञान माध्यमिक विद्यालयमा कम्प्युटर विषयका शिक्षक हुन् । 

शिक्षक शिवशंकर शुक्ला जस्तै जेनजीको आन्दोलनमा घुसपैठ गरेर तोडफोड आगजनी र चोरी गर्ने अन्य व्यक्तिहरु पनि कारबाही पर्ने प्रशासनले बताएको छ । नेताहरु र दलका पार्टी कार्यालयहरुमा तोडफोड र आगजनी गर्ने केही मानिसको पहिचान गरेर कारबाही गरिने रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले बताएका छन् ।






















