सर्वोच्च अदालतलाई चित्रबहादुरको धन्यबाद, स्वागत योग्य फैसला

बुटवल, कार्तिक १७ गते । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले व्यक्तिहत्याका दोषी योगराज ढकाल रिगलविरुद्ध सर्वोच्च अदालतले सही फैसला गरेको बताएका छन् । अध्यक्ष चित्रबहादुर केसीको विज्ञप्ती जारी गरी सर्वोच्च अदालतको फैसला सही भएको भन्दै सर्वोच्च अदालतलाई धन्यवाद दिएका छन् ।

संविधान दिवसको अवससरमा राष्ट्रपतिले दोषी योगराज ढकाल रिगललाई आममाफी दिएकै दिन राष्ट्रपतिबाट गल्ती भएको भन्दै अदालतले दोषी ठहर गरेका ढकाललाई आममाफी दिनु गलत भएको भन्दे बिरोध गरेका थिए । सर्वोच्च अदालतको फैसला स्वागत योग्य भएको अध्यक्ष केसीले बताए ।

विज्ञप्तीको पूर्णपाठ

“व्यक्तिहत्यामा दोषी ठहरिएका योगराज ढकाललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संविधान दिवसको दिन आममाफी दिने निर्णयका विरुद्ध हाम्रो पार्टीले संसद्भित्र र बाहिर विरोध जनाउँदै आएको थियो । सर्वोच्च अदालतले निज युवराज ढकाललाई आममाफी दिने सरकारको निर्णयलाई आज खारेज गर्ने फैसला गरेको छ । सर्वोच्चको त्यो फैसलालाई हाम्रो पार्टीले स्वागत गर्दै सर्वोच्च अदालतलाई धन्यवादसमेत दिन चाहन्छ ।”