भूकम्प प्रभावित क्षेत्रमा रगत पठाउन बुटवलको लालटिन सहरकारीद्दारा ५५ युनिट रगत संकलन

बुटवल, कार्तिक १८ गते । भूकम्प प्रभावित क्षेत्रमा रगत पठाउने उद्वेश्यले बुटवलको लालटिन बहुउद्देश्य सहरकारीले शनिबार बुटवलमा रक्तदान गरेको छ । सहकारीको प्राङणमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन भएको छ ।

भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम रगत पठाउने उद्वेश्यले रक्तदान गरिएको लालटिन बहुउद्वेश्य सहकारीका अध्यक्ष गंगालाल सापकोटाले बताए ।
रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो । जम्मा भएको रगत रक्तसञ्चार सेवा केन्द्र बुटवलमा जम्मा गरिने छ । आवश्यक अनुसार जम्मा भएको रगत आजै भुकम्प प्रभावित जाजरकोट, रुकुम पठाइने छ ।

रगतको अभाव हुन नदिनका लागि रक्तदान कार्यक्रम गरिएको र आवश्यक अनुसार खाधान्न र केही आर्थिक सहयोग गरिने सहकारीका अध्यक्ष गंगालाल सापकोटाले जानकारी गराए ।