भूकम्पले जाजरकोटमा त्रास

बुटवल, कार्तिक २० गते । भूकम्प र पटक – पटक पराकम्पन जांदा जाजरकोटमा त्रास फैलिएको छ । शुक्रबार गएको भूकम्पको त्रास नसकिँदै आज सोमबार अपराह्न अर्को ५.८ रामिडाँडा केन्द्रविन्दु भएर भूकम्प गएपछि त्रास फैलिएको हो ।

सोमबार बेलुका चार बजेर ३१ मिनेटमा गएको भूकम्पको धक्का काठमाडौँसम्म महशुस गरिएको थियो । सोमबार पुनः भूकम्प गएपछि जाजरकोटमा त्रास फैलिएको स्थानीयले बताएका छन् ।
भूकम्प मापन केन्द्रका अनुसार सोमबारको भुकम्प जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ५.८ म्याग्निुच्युडको भूकम्प गएको हो ।