वामपन्थी नेता आरसी चापागाईको निधन

बुटवल, कार्तिक २० गते । लेखक तथा वामपन्थी नेता आरसी चापागाईको निधन भएको छ । ७१ वर्षिय चापागाईको सोमबार बुटवल लुम्बिनी प्रादेशीक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । स्व. आरसी चापागाईं मुटु, दम, सुगर, प्रेसर लगायतका विभिन्न रोगबाट पीडित थिए ।

आज सोमबार नै स्थानीय मगरघाटमा अन्तिम दाहासंस्कार गरिएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको प्रभावबाट स्व. चापागाई कम्युनिष्ट पार्टीमा लाग्नु भएको थियो । रामचन्द्र चापागाईं तथा स्व. आरसी चापागाई पछिल्लो समय नेकपा एमालेको केन्द्रिय सल्लाहकार थिए ।
चापागाईको श्रीमती र एक छोरी छन् ।

पुष्पलालबाट प्रभावित भएर कम्युनिष्ट पार्टीमा लागेका स्व आरसी चापागाईं पुष्पलाललाई छोडेर रायमाझी समूमा लागेको बताउछन् स्व. चापागाईका सहयात्री लेखक विनबहादुर कुंवर ।

विनबहादुर कुवंरका अनुसार स्व चापागाईले रायमाझी समूह पनि छोडेर एकता केन्द्रमा लागेका थिए । पछि एकता केन्द्र पनि छोडेर माओवादीमा लागेका आरसी चापागाई एमालेमा आवद्द थिए ।

लामो समयदेखि समाज परिवर्तनका लागि प्रगशिती लेखकीय भूमिकामा रहेका लेखक तथा मक्युनिष्ट नेता स्व. आरसी चापागाईंप्रति नयांदिशा परिवार हार्दिक श्रदाञ्जली र घरपरिवारमा समवेदना प्रकट गर्द छ ।