आलोचित बन्दै लुम्बिनीका मुख्यमन्त्री

बुटवल, कार्तिक २१ गते । लुम्बिनी प्रदेशमा सरकार गठन भएको सातौं महिना हुंदा पनि सरकारले अझै पूर्णता पाएको छैन । मन्त्री बन्न सरकारी पोशाक तयार गरेका नेकपा माओवादी र नेपाली कांग्रेसका सांसदहरु अझै मन्त्री बन्न सकेका छैनन् ।

गत शैशाख १४ गते आठ दलको समर्थनमा मुख्यमन्त्री बन्नुभएको हो । पटक पटक सरकारलाई पूर्णता दिनका लागि मितीसमेत तोके पनि सरकारलाई पूर्णता दिन नसकेपछि मुख्यमन्त्रीको अहिले आलोचना भैरहेको छ । कांग्रेसभित्रको गुटको राजनीतिले कलह बढेपछि माओवादीले पाउने मन्त्री र मन्त्रालयको टुंगो अहिलेसम्म लागेको छैन ।

माओवादीले आफ्नो तर्फबाट मन्त्री बन्ने सांसदहरुको नाम संसदीय दलबाट निर्णय गरेर मुख्यमन्त्रीलाई बुझाएको लामो समय हुंदापनि मुख्यमन्त्री चौधरीले टार्दै आउनुभएको छ । जसले गर्दा अहिले मुख्यमन्त्री चौधरीको आलोचना भएको हो । लुम्बिनी प्रदेशमा ंतीनवटा मन्त्रालय मन्त्रीबिहीन छन् । सरकार गठन भएको ७ महिनासम्म पनि मन्त्रालय विभागीय मन्त्रीविहीन हुंदा समस्या उत्पन्न भएको छ । कांगे्रस र माओवादीबीच सहमति नहुंदा सरकारले पूर्णता पाएको छैन ।

सात महिनासम्म पनि सरकारलाई पूर्णता दिन नसक्दा र अहिले देशमा भूकम्पले थिलो थिलो पारेको बेला मुख्यमन्त्रीको झनै आलोचना भएको छ । त्यस्तै सिरकार विस्तारको विषय ओझेलमा परेको छ । यही शनिबार मुख्यमन्त्री चौधरी अमेरिका गएपछि कांग्रेसकै सांसदहरुले मुख्यमन्त्री चौधरी नीजि कामका लागि अमेरिका लागेको बताएका छन् ।

सरकार विस्तार गर्न नसकेको र देशमा विपत्त आइलागेको बेला अमेरिका जानु गलत भएको भन्दै मुख्यमन्त्री डिल्लीबहादुर चौधरी निकट सांसदहरुले नै मुख्यमन्त्रीप्रति असन्तुष्टि जनाएका छन् ।