तिनाउंमा डुवेर भारतीय युवती र नेपाली युवाको मृत्यु

बुटवल, कार्तिक २१ गते । तिनाउ नदीमा डुवेर दुइ जनाको मृत्यु भएको छ । एक नेपाली युवक र एक भारतीय युवतीको तीनाउ नदीमा डुवेर मंगलबार मृत्यु भएको हो ।

रुपन्देही सिद्धार्थनगर नगरपालिका–९ का अन्दाजी २२ वर्षीय विमल आचार्यको तिनाउ गाउंपालिका–३ स्थित भूतखोलामा डुबेर मृत्यु भएको हो । विमल आचार्यसंगै घाइते भएकी युवती युना दाहालको उपचार भइरहेको छ । विमल आचार्य र युना दाहाल मंगलबार बिहान १०ः३० बजेतिर खोलामा डुबेका थिए ।

खोलामा डुवेर विमल आचार्यको मृत्यु भयो भने, युना दाहाल घाइते भएको प्रहरीले बताएको छ । घाइते अवस्थामा उपचारका लागि बुटवलको बुटवल अस्पताल प्रालिमा लगिएको थियो । प्रहरीका अनुसार विमल आचार्यको उपचारको क्रममा मृत्यु भएको हो । घाइते दाहालको सोही अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै मंगलबार नै एक भारतीय युवतीको पनि तिनाउ नदीमा बुडेर मृत्यु भएको छ । भारत उत्तर प्रदेश मगहरकाजिपुरबाट शैक्षिक भ्रमणमा आएकी अन्दाजी २० वर्षीया शाहिस्ता प्रवीनको म)गलबार दिउंसो तिनाउ गाउँपालिका ३ तिनाउ नदीमा खसी मृत्यु भएको हो । ड्याममा फोटो खिच्ने क्रममा चिप्लिएर खोलामा खस्दा शाहिस्ताको मृत्यु भएको प्रहरीले बताएको छ ।

खोलामा खसेर डुबेकी शाहिस्तालाई दोभान प्रहरीले उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पु¥याएको थियो । प्रहरीका अनुसार उनको उपचारका क्रममा मृत्यु भएको हो । दुवै घटनाको प्रहरीले अनुसन्धान शुरु भएको बताएको छ ।